आलम हत्यामा पूर्व सांसद प्यासी कसूरवार ठहर

46

Share
  •  
  •  
  •  

वीरगंज २८ भदौ । बारा, परवानीपुरका एमाले नेता महमुद आलममाथि २०७० असोज १८ गते गोली प्रहार भएकोमा उनको शिक्षण अस्पताल काठमाडौंमा असोज २४ गते मृत्यु भएको घटनाका मुख्य योजनाकार एमालेका नेता रामचन्द्र प्यासीको सो घटनामा संलग्नता रहेको भनी कसूर ठहर गरिएको अदालतले पैmसला गरेको छ । जनकपुर उच्च अदालत अस्थायी इजलास वीरगंजले भदौ २६ गते गरेको पैmसला अनुसार प्यासीको कसूर कर्तव्य ज्यान मुद्दासम्बन्धी १३ (४) बमोजिम ठहर गरिएको हो । वीरगंज इजलासको १ नं. इजलासमा न्यायाधीशद्वय डिल्लीराम आचार्य र चन्द्रबहादुर सारूले गरेको पैmसलाबमोजिम उनलाई आजीवन कारावासको दफा अनुसार कसूर ठहर गरिएको अदालत स्रोतले जानकारी गराएको छ ।
वादी आलम पक्षको तर्पmबाट सरकारी वकिल धु्रव ज्ञवाली, अधिवक्ताहरू एकराज बाँस्तोला, सन्तोष श्रीवास्तव, गणेश दाहाल, सुधीर कर्णलगायतले बहस पैरवी गरेका थिए भने प्रतिवादी प्यासीको तर्पmबाट अधिवक्ताहरू देवेन्द्र सिंह, रामचन्द्र सिंह, वीरेन्द्रप्रसाद यादव, मनमोहन तिमल्सिनालगायतले बहस गरेका थिए ।
यसअघि सो हत्याकाण्डको मुद्दामा बारा जिल्ला अदालतले २०७३ वैशाख १५ गते पैmसला गरेको थियो । जस अनुसार कर्तव्य ज्यान ऐनको १६ (४) बमोजिम प्यासीलाई १० वर्ष र घटनामा संलग्न भारतीय नागरिकहरू राजु श्रीवास्तव, अतीक खानलाई १० वर्ष र मोटरसाइकल चालक मनोज भनिने रवि पाण्डेलाई  आजीवन कारावासको सजाय सुनाइएको थियो ।
सो पैmसलाप्रति असन्तुष्टि जनाउँदै मृतक महमुद आलमको परिवारले २०७३ कात्तिक ५ गते उच्च अदालतमा रिट दिएको थियो । प्यासी अहिले केन्द्रीय कारागार काठमाडौंमा छन् भने अन्य पक्राउ परेका पाण्डे, श्रीवास्तव र खान पनि कारागारमैं छन् ।
पहिलेको ऐन अनुसार अदालतले कसूर ठहर र सजाय एउटै पेशीमा गथ्र्यो भने अबको नयाँ अपराध संहिता मुलुकी फौजदारी कार्यविधि कसूर (सजाय निर्धारण २०७४) अनुसार असोज १९ गते पेशी तोकिएको र सोही दिन प्यासीको सजाय निर्धारण गरिने व्यवस्था छ ।  श्रोत प्रतीकबाट


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here