×

वीरगंज, भाद्रौं २७ - मासिक सिने पत्रिका कामना प्रकाशनले हरेक वर्ष झैँ यस वर्ष पनि सिजी इन्टरटेनमेन्टसागको सहकार्यमा सिजी कामना फिल्म अवार्ड्सको आयोजना गर्ने भएको छ । नेपालमा निर्मित चलचित्र निर्माण पेशालाई प्रोत्शाहन गर्न २०७१ साल देखि आयोजना हुँदै आएको सिजी कामना फिल्म अवार्डले चौथो संस्करण मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रम विच घोषणा गरेको हो ।

अवार्डको घोषणा संगै कामना प्रकाशनले चौथो संस्करण अन्र्तगतको मनोनयनका भएका चलचित्रहरुको सूचि समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूची अनुसार मधेसको राजनीतिक र समसामयिक विषयवस्तुलाई समेटेर निर्माण गरिएको नेपाली चलचित्र संरक्षण ७ विधामा मनोनयन हुन् सफल भएको छ ।

चलचित्रबाट लागि नव निर्देशक विधामा पुर्णेन्दु झा, सहअभिनेतामा प्रमोद अग्रहरी, खलपात्रमा रमेश रञ्जन, द्वन्द निर्देशकमा हिमाल केसी, सम्झनाको सारंगी गितका लागि गीतकारमा धिरेन्द्र प्रेमर्षी, पाश्र्वगायकमा स्वरुपराज आचार्य र ध्वनि मिश्रणमा सुनयमान श्रेष्ठ मनोनयन भएका छन् ।

युवा निर्देशक पुर्णेन्दु झाद्वारा निर्देशित संरक्षण गत वर्ष रिलिज भएको थियो । देशभरी एकैसाथ् रिलिज भएको चलचित्रले दर्शकहरुको मन जित्यो । चलचित्रले मधेसमा हुने राजनीति र यसले जनता र शुरक्षाकर्मीहरुमा पर्न असरको विषयवस्तुलाई सूक्ष्म तरिकाले प्रस्तुत गरेको थियो । मधेसको कथामा आधारित मधेसको भुमिमै निर्माण भएको संरक्षणले यसअघि सम्पन्न भएको डि सिने अवार्ड्समा पनि केहि विधाहरुमा पुरष्कृत भाईसकेको छ ।

निर्देशक झाको अर्को हास्य चलचित्र चौका दाउ पनि यहि कार्तिक ९ गते रिलिज हुने घोषणा भएको छ । चलचित्र चौका दाउको पहिलो गित राधापियारी समेत सार्वजनिक भईसकेको छ । ओआरएस डिजिटलको युट्युभ च्यानलमा रहेको उक्त गितलाइ दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

हेर्नुस राधापियारी गित;

https://www.youtube.com/watch?v=UM9LXdCT31k

Back to top