हामी संविधान दिवस नमनाउने – सांसद प्रदिप यादव

377

Share
  • 1.1K
  •  
  •  
    1.1K
    Shares

वीरगन्ज २७ भदौ । संघिय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एवम पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले भने हामी संविधान दिवस नमनाउने ।
हामीले संविधान संशोधन होइन, पुनर्लेखन गर्नुपर्छ भनेको थियो, तर अहिले त्यहीं संविधानलाई मानेर सरकारमा छाै, फोरमले के गर्छ भन्ने प्रश्नको जवाफमा सांसद यादवले भने, ‘हामीले यो संविधानका त्रुटिहरु सच्याउनकै लागि सरकारमा गएका हौं ।’ आफू संविधान दिवस नमनाउने ।
उनले भने, ‘हामी सरकारमा भएपनि संविधान दिवस मनाउँदैनौं ।’ त्यसो भए के गर्नुहुन्छ भन्ने यात्रा डेलीको प्रश्नको जवाफमा सांसद यादवले भने, ‘हामी संविधान दिवस नमनाउने बताएका छन् ।
उनले फोरम संविधान संशोधन गराएरै छाड्ने दाबी गरेका छन् । संशोधनका लागि प्रधानमन्त्री गम्भीर देखिएपनि त्यसका लागि अहिलेसम्म प्रक्रिया सुरु नगरेको प्रति असन्तुष्टि जनाएका छन् ।
उनले यो सरकारले असोज ३ पछि संशोधनका लागि प्रक्रिया अगाडि बढाउने दाबी गरेका छन् । यदि त्यसो नगरे फोरम सरकारबाट बाहिरिने र सडकमा आउने समेत बताएका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here