भ्रष्टाचारी प्रमाणित भए राजिनामा दिन तैयार छु : अध्यक्ष चौरसिया

114
Share
  • 49
  •  
  •  
  •  
    49
    Shares

वीरगंज, २६ भाद्रौं । पर्साको पाकाहमैनपुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले आफुमाथि लगाईएको भ्रष्टाचारको आरोपको खण्डन गर्दै भ्रष्टाचारी प्रमाणित भए राजिनामा समेत दिने चुनौती दिएका छन् ।

अध्यक्ष चौरसियाले आज वीरगंजमा पत्रकार समेल्लनको आयोजना गरि आफुमाथि लगाईएको भ्रष्टाचारका सम्पूर्ण आरोपहरु निराधार रहेको बताउदै संचार माध्यमहरुमा आएको समाचारको खण्डन गरेका हुन ।

गत शुक्रबार गाउँपालिकाकि उपाध्यक्ष कुश्मा देवीले र वडा नं. ४ का वडा अध्यक्ष डेढी यादवले अध्यक्ष चौरसिया माथि भ्रष्टाचार र आर्थिक हिनामिनाको आरोप लगाएका थिए ।

‘म शिक्षण पेशाबाट आएको व्यक्ति हुँ, समाजको विकास बारे म संग राम्रो जानकारी छ र यसलाई लागु गर्दै गाउँपालिकामा विकासको मुहान फ़ुटाएको छु तर केहि तत्वहरुले मलाइ बद्नाम गराउन निराधार आरोप लगाएका छन्’, अध्यक्ष चौरसियाले दु:ख व्यक्त गरे, ‘म माथि लगाईएको एउता पनि आरोप यदि प्रमाणित हुन्छ भने आजै राजिनामा दिन तैयार छु ।’

उनले विना प्रमाण आफु माथि आरोप लगाएको गुनासो गर्दै गाउँपालिकामा आएर विकास निर्माणका कामहरुको आफै अनुगमन गर्न सबैलाई आग्रह गरे । ‘गाउँपालिका उपाध्यक्षले म माथि आरोप लगाउदा प्रस्तुत गरेको कुनै पनि प्रमाण पुस्टि भए म राजीना दिन्छु, आक्रोशित हुँदै अध्यक्ष चौरसियाले भने, ‘आउनुस हाम्रो गाउँपालिका घुमेर तपाइँ आफै हेर्नुस हामीले कस्तो विकास गरेका छौं र अन्य गाउँपालिका भन्दा हामि कसरी भिन्न छौं ।’

चौरसियाले विभिन्न समाचार माध्यमहरुमा आएका खबरहरुमा उल्लिखित रकमहरु गलत रहेको प्रमाण समेत पेश गर्दैं भने ‘२० लाख सम्म रकम बढाएर मैले भ्रष्टाचार गरेको छु भनेर पेश गरिएको छ जबकि यथार्थमा खर्च भएका रकम धेरै कम छन् ।’

उनले उपाध्यक्षले न्यायिक समिति गठन नगरिएको आरोपलाई पनि झुट बताउदै ८ महिना पहिले नै न्यायिक समिट गठन गरिसकिएको बताएका थिए । त्यसैगरि उनले आफ्नो भान्जाको ईन्टरनेट कम्पनिलाई ठेक्का दिएर रकम चलखेल गरेको आरोपलाई समेत निराधार रहेको प्रमाणित गरेका थिए ।

अत्न्यमा अध्यक्ष चौरसियाले विकासका काममा कुनै अवरोध नपुर्याउन आग्रह गर्दै जुन दलबाट भए पनि हातेमालो गरेर गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन अनुरोध गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here