वीरगन्ज महानगरका अधिकृत र मेयर कमिसनको चक्करमा कानुन विपरित राजमार्गमा दिए कर असुली

973

Share
  • 106
  •  
  •  
    106
    Shares

वीरगन्ज २५ भदौं । प्रदेश नं. २ को एक मात्र वीरगन्ज महानगरपालिकाले संवीधानको धारा २२८ को उपधारण २ को अबज्ञया गर्दै राजर्मागबाट सवारी कर सङ्कलन गराएको छ । राजमार्गमा हिडने मालवाहक वा अन्य सवारी साधानबाट स्थानिय तहले कुनैपनि बहानामा कर लिन नपाउने संघीय कानुन भएपनि महानगरपालिका हाकिम र मेयरले ठेक्दारसंग शुभलाभको सेटिङ्गको चक्करमा त्रिभुवन राजमार्ग, हुलाकि राजर्माग,वीरगन्ज बाइपास, गण्डकनहर सडक समेतबाट सवारी व्यवस्थान शुल्कको नाममा कर सङ्कलन गराइरहेका छन । महानगरपालकाले वीरगन्ज भन्सार कार्यालयको क्षेत्राअधिकारलाई समेत मिच्चदै वीरगन्जको शंकरार्चायद्वार नजिकै सङ्कलन केन्द्र नै स्थापन गराइ कर असुली गराएको छ ।

भारतबाट मालबस्तु बोकी भन्सार यार्डमा अन्लोड गरी पुनः भारत तर्फ फर्किने मालवाहक सवारीका साधनबाट कानुनविपरित कर सङ्कलन भएको छ । भन्सारको क्षेत्रअधिकार मिच्दै महानगरपालिकाले गर्दै आएको कर सङ्कलको विरोध गरेपनि रकम असुली नरोकिएको भन्सार कर्मचारीहरुको भनाइ रहेको छ । महानगरपालिकाले मोना कनस्ट्रक्शन प्रा.लीलाई सवारी व्यवस्थापन शुल्न सङ्कलन गर्न २२ स्थान स्वीकृती दिएको छ । सो मध्यय ११ स्थान राजमार्ग मै रहेका छन् । नेपालको विभिन्न स्थानका लागि दैनिक एक हजार ३ सय भन्दा बढी मालबाहक वाहन वीरगन्ज भन्सारबाट निस्किने गरेको र सो मध्य ८० प्रतिशत सवारीका साधन रामजमार्ग मात्र प्रयोग गर्ने गरेको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकारी सन्तोष यादवले जानकारी दिनुभयो । राजमार्ग मात्र प्रयोग गर्ने सवारीका साधानबाट स्थानिय तहले कर लिन नपाउने भएपनि महानगरपालिकाले भन्सारबाट निस्किएका वाहनबाट कर असुरी गराइ रहेको छ ।


यसै विषयमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा.भिष्म कुमार भुसालसंग बुभ्दा उहाँले भन्सारको क्षेत्रअधिकारलाई उलङ्घन गरी भइरहेको कर सङ्कलन गलत भएकाले त्तकाल रोकिने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले राजमार्ग मात्र प्रयोग हिडने सवारीका साधनबाट भइरहेको कर सङ्कलनका विषयमा महानगरपालिकाको बोर्डमा राखि छलफल गर्ने बताउनुभयो । भन्सार क्षेत्रमा भइरहेको कर सङ्लन गलत भएको स्वीकार प्रमुख प्रसाशकिय अधिकृत भुषालले गरेपनि ठेक्दारसंग शुभलाभ लिएर थिचिएका कारण हाल सम्म कर सङ्कलन रोकिएको छैन ।


भन्सारमा मालबस्तु अन्लोड गरी पुनः भारत तर्फ फर्किने करिब २ सय बाहनबाट दैनिक हजारौ रुपैया अबैध सङ्कलन हुने गरेको र सोको एक भाग प्रुमख प्रसाशकिय अधिकृत र मेयर समेतले पाउने भएकाले कर असुलीलाई नरोकीएको महानपालिकाका कर्मचारीहरु कै भनाइ रहेको छ । वीरगन्ज महानगरपालिकाले सार्वजनिक खरिद ऐनलाई समेत उलङ्घन गरी मोना कनस्ट्रशन प्रा.लीलाई कर सङकलनको अनुमति दिएको छ ।  महानगरपालिकाले पटके सवारी करका लागि आह्वान गरेको सुचनालाई नै आधारमानी मोना मोना कनस्ट्रशन प्रा.लीलाई सवारी व्यवस्थापन सिर्षकमा कर असुलीको अनुमति दिएको छ । खरिद ऐन अनुसार जुन सिर्षकमा सुचना आह्वान हुन्छ सोही सिर्षकमा ठेक्का दिने व्यवस्था भएपनि आर्थिक चलखेलमा प्रमुख प्रशासकिय अधिकृत भुषाल र मेयर विजय सरावगीले कनस्ट्रशन प्रा.लीलाई ठेक्का दिएको महानगरपालिका कै कर्मचारीहरुको आरोप रहेको छ । महानगरपालिकाले गराउदै आएको अबैध कर असुलीका विरोधम भारतीय चालहहरुले कही दिन अगाडी एकीकृत चेकजाँच चौकीको मुल गेट नै जाम गरी प्रदर्शन गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here