×

रौतहट २३ भदौ । मधेसी पत्रकार महासंघ केन्द्रिय समितिद्वारा गौरको सिया पैलेसमा शनिबार प्रादेशिक पत्रकारिता र सरोकारवाला बिच अन्तरक्रिया भएको छ । प्रदेश न २ को भौतिक पुर्वाधार बिकास मन्त्री.जितेन्द्र सोनलको प्रमुख अतिथि प्रादेशिक पत्रकारिता र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण जन्ता तथा कर्मचारीलाई निर्देशन दिए पनि हामीले असोज ३ गते मधेशी जन्ता, कर्मचारी, पत्रकारिता र सरोकारवालाहरु उत्सवभन्दा बिरोधको रुपमा मनाउने तयारी गर्नु पर्छ संविधान दिवसलाई ‘कालो दिवसको रुपमा मनाउन पर्छ मधेशी सहिदहरुको सपना अहिले पुरा भएको छैन, संविधान सर्वस्वीकार्य हुन सकेको छैन, यसका लागि संशोधनको जरुरी छ,’ मन्त्री सोनलले भने ।

आयोजना गरिएको प्रादेशिक पत्रकारिता र सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रममा भौतिक पुर्वाधार बिकास राज्य मन्त्री डिम्म्प कुमारी झा,राजपा सचेतक, प्रमेश्वर साह, बाबुलाल साह गौर नगरपालिका मेयर ,उपमेयर लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

Back to top