×

वीरगन्ज २३ भदाै । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम सिमेन्टको ओपिसीको गुणस्तर चिन्ह स्थगन गरेको छ । इन्टरनेशनल सिमेन्ट प्रालिले ओम ब्राण्डमा ओपिसी र पिपिसी ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ओमको पिपिसीलार्इ समेत ओपिसी भन्दै माल कमाउ उदेस्यले खुवासभाको खाँदबारीमा बिक्री गरिएको भेटिएको बताए । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम सिमेन्टको ओपिसीको गुणस्तर चिन्ह स्थगन गरेको हाे । उद्योगले पिपिसीलार्इ समेत ओपिसी भनेर बिक्री गरेको भेटियो छ । यो उद्योगले दैनिक ६ सय टन सिमेन्ट उत्पादन गर्छ । उद्योगले ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको छ ।कम्पनीले ओम,ज्योती आयुष्मान र रुद्राक्ष ब्राण्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । यो कम्पनीका संचालक विमल अग्रवाल हुन्।

Back to top