असोज ३ गते मधेशी जन्ता प्रधानमन्त्री केपी अाेलीकाे कुरा मान्छन कि मन्त्री जितेन्द्र सोनलकाे ?

465

Share
  • 802
  •  
  •  
    802
    Shares

वीरगन्ज २२ भदाै  आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशनसमेत दिएका छन् । तर, प्रदेश २ मा उत्सवभन्दा बिरोधको रुपमा मनाउने तयारी गरिएको छ । संविधान दिवसलाई ‘कालो दिवसको रुपमा मनाउन प्रदेश २ का मन्त्रीहरुले जोड् दिन सुरु गरेका छन् । प्रदेश २ को मन्त्रीमण्डलमा सहभागी रहेका राष्ट्रिय जनता पार्टी (राजपा) का एक मन्त्रीले आफ्नो पार्टीले असोज ३ लाई कालो दिवसको रुपमा मनाउनुपर्ने बताएका छन् । संविधान सर्वस्वीकार्य हुन सकेको छैन, यसका लागि संशोधनको जरुरी छ,’ प्रदेशका भौतिक योजना तथा निर्माणमन्त्री जितेन्द्र सोनलले यात्रा डेलीसँग भने, ‘पार्टीले यस दिन कालो दिवस मनाउनुपर्छ ।’ पार्टीको शनिबार बैठकको आयोजना गरिने बैठकमा असोज ३ लाई कालो दिवसको रुपमा मनाउने बिषयमा छलफल हुने जानकारी उनले दिए । पार्टीले आयोजना गर्ने कालो दिवसमा आफू पनि सहभागी हुने बताउँदै उनले राजपाले हालसम्म संविधान स्वीकार्य नगरेको दावी गरे । प्रदेश सरकारमा सहभागिता जनाएको राजपाले संघीय सरकारलाई पनि समर्थन दिइसकेको छ । यस्तै असोज ३ गते प्रदेश सरकारले के गर्छ ? भन्ने प्रश्नमा मन्त्री सोनलले भने, ‘यस बिषयमा बैठक बसेर छलफल गर्‍छौं ।’ प्रदेश सरकारको बस्ने बैठकले असोज ३ गतेको बिषयमा छलफल गर्ने उनले बताए । असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउन छुट्टै देशको माग गर्दै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतले पनि सामाजिक संजालमा आ्हवान गर्दै आएका छन् । गठबन्धनले प्रदेशको राजधानी जनकपुरमै बिरोध कार्यक्रम गर्ने बताउँदै आएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here