×

वीरगन्ज १९ भदौ । नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस एकाई समितिले ठाकुर राम क्याम्पसमा भईरहेको पछिल्लो ताला बन्दी तथा तोडफोडको घटनाका दोषीहरुलाई पहिचार गरी कारवाही गर्न माग गरेको छ । तराईकै धरोहरको रुपमा स्थापित रहेको क्याम्पसलाई समय समयमा धमिलो पार्न प्रयासहरु भईरहेको प्रति एकाई समितिले आपत्ती जनाएको छ ।

नेविसंघ ठाकुर राम क्याम्पस एकाई समितिका अध्यक्ष मनोज कुमार साहले एक विज्ञप्ती प्रकाशित गरी भर्नाको समयमा क्याम्पस लेखा शाखामा ताला बन्दी हुदा भर्ना हुन आएका विधार्थीहरुले दुख पाइरहेको तथा प्राइभेट कलेजहरुलाई फाईदा भइरहेकोले यथा शिघ्र समस्याको समाधान गर्नु पर्ने माग गरेका छन् ।

भर्ना हुन आउँने विधार्थीहरु फर्किन बाध्य भई रहेकोले यथा शिघ्र लेखा शाखामा लगाइएको ताल्चा खोली खोलाई विधार्थी भर्ना कार्यमा सहजता लयाउँन तथा दोषी उपर कडा काकुनी कारवाही गर्न विज्ञप्ती मार्फत नेविसंघ ठाराब क्याम्पस एकाई समितिले माग गरेको छ ।

Back to top