×

बीरगंज १८ भदौ । नेपाल भारत सिमा क्षेत्रको मितेरी पुल जिर्ण बन्दै गएपछि त्यसको निर्माणका लागि सिमा जागरण मञ्चले भिख मागेर पुल निर्माण गर्ने दुवै देशका सरकारलाई चेतावनी दिएको छ । सिमा जागरण मञ्चका स्टेट कोडिनेटर महेश अग्रवालले आज रक्सौलका अनुमण्डल पदाधिकारी एसडिएम अमित कुमारलाई एक ज्ञापन पत्र बुझाउदै ५ सेप्टेम्बर सम्म जिर्ण पुल मर्मतको काम शुरु नभए ६ सेप्टेम्बरबाट मितेरी पुलमा टेन्ट गाडी महेश अग्रवालले भिख माग्ने अभियान शुरु गर्ने चेतावनी दिनु भएको छ । एसडिएमलाई बुझाईएको ज्ञापन पत्रमा नेपाल भारतको सिमामा रहेको मितेरी पुल दुवै देश जोडने लाईफलाईन भए पनि यसको मर्मतका लागि सरकारले चासो नदेखाएको भन्दै पुल मर्मत तथा सडक मर्मतका लागि सरकारलाई दवाव दिन भिख माग्ने अभियान शुरु गर्ने महेश अग्रवालले बताएका छन । जन स्तरबाट भिख मागेर पुल निर्माण गर्ने अभियान शुरु भएपछि सरकारलाई दवाव पर्ने र सडक मर्मत तथा पुल मर्मत कार्य शुरु हुने रक्सौल सहकर्मी राजेश केशरीवालले जानकारी दिनुभयो । बीरगंज रक्सौल सडक खण्डको सिमा क्षेत्रमा सडक अत्यन्तै जिर्ण रहेको र दर्जनौ स्थानमा खाडलै खाडल भएको कारण बर्षायामको पानी सडकमा जम्दा आवत जावत गर्ने यात्रु तथा सवारी साधनहरु नराम्रोसँग प्रभावित भएका छन् ।

Back to top