×

वीरगंज, १७ भाद्रौं – मधेसको राजनीतिक विषयलाई समेटेर निर्माण भएको चलचित्र संरक्षणका चर्चित निर्देशक पुर्णेन्दु झाद्वारा निर्देशित उनको दोश्रो नेपाली चलचित्र चौका दाउको आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।आगामी ९ कात्तिकमा रिलिज मिति तोकिएको चलचित्र चौका दाउको पहिलो आधिकारिक पोस्टर आज सार्वजनिक भएको हो ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउको निर्माता सौर्यजित बास्कोटा र मनोज राजभण्डारी हुन् । जसमा सहनिर्मातामा पंकज बास्कोटा रहेका छन् ।

यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन रहेको छ भने चलचित्रमा शम्भूजित बास्कोटाको संगीत रहेको छ ।

चलचित्रमा मुख्य आकर्षक सन्तोष पन्त र तैयव शाह रहेका छन् । वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय रहेको यो चलचित्र एउटा हास्य चलचित्र हो ।

चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई विके फिल्म्स्ले बितरण गर्ने छ ।

चलचित्रको पहिलो गित राधापियारी समेत सार्वजनिक भईसकेको छ । ओआरएस डिजिटलको युट्युभ च्यानलमा रहेको उक्त गितलाइ दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । रिलिज भएको एक दिनमै गितलाई लगभग डेढलाख दर्शकले हेरिसकेका छन् निर्देशक झाले बताए ।

गितको भिडियो;

https://www.youtube.com/watch?v=UM9LXdCT31k

Back to top