वीरगन्जमा ५४ लाख ९६ हजार रुपैया सहित ८ जना हुन्डी कारोवारी पक्राउ

410
Share

वीरगन्ज १७ भदौं । मुद्राको अबैध ओसारपोसार (हुन्डी) कारोवारमा संलग्न रहेको अभियोगमा प्रहरीले आईतबार वीरगन्जको विभिन्न स्थानबाट ८ जना व्यक्ति सहित ठुलोपरिमाणमा नेपाली रुपैया नियन्त्रणमा लिएको छ । वीरगन्जको घडिअर्वा, माइस्थान र गणेशमान चोक नजिकैका घरमा अपराह्न्न छामारी प्रहरीले ५४ लाख ९६ हजार रुपैया सहित कारोवारमा संलग्न रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।
विषेश सुचनाको आधारमा प्रहरीले तीनै स्थानमा छापामारी गर्दा श्रोत खुलाउन नसेको ठुलो परिमाणमा रुपैया बरामद भएपछि आवस्यक अनुसन्धानका लागि व्यक्ति तथा रुपैयालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो । उहाँले प्रहरी नियन्त्रणमा रहेका मध्ये पर्साको विन्दवासनि गाँउपालिका वडा नम्बर ५ प्रसौनिभाठा निवासी पवन गुप्ता मुख्य कारोवारी रहेको प्रारभिक अनुसन्धानबाट देखिएको बताउनुभयो ।
प्रहरी श्रोतका अनुसार वीरगन्ज आर्दश नगरका डुवानी सेवामा लागेका एक ब्यपारी नै मुद्राको अबैध ओसारपोसार (हुन्डी) कारोवारको मुल नाईके रहेको जनाएका छन ।
पक्राउ गरिएका व्यक्ति, बरामद गरिएको रकम तथा विभिन्न बैंकको चेकबुकलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि अनुसन्धान अगाडी बढाइएकोे प्रहरीले जनाएको छ । हुन्डी कारोवारमा कुन हतसम्मको सलग्नता रहेको वारे अनुसन्धान भइकाले हाल पक्राउ परेका व्यक्तिहरुको परिचयलाई गोप्य राखिएको उपरिक्षक ढकाले जानकारी दिनुभयो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here