कहिँ नभएको जात्रा हाँडी गाउँमा भने झैं पर्सा कांग्रेस र भ्रातृ संगठनभित्र

651
Share
  •  
  •  
  •  

वीरगन्ज,१७ भदौं । कहिँ नभएको जात्रा हाँडी गाउँमा भने झैं पर्सा कांग्रेस र भ्रातृ संगठनभित्रको विवाद पुनः सतहमा छरपस्ट भएको छ । ठाकुरराम बहुमुखी क्याम्पसको नेविसंघ इकाइ गठनको विषयमा विवाद छताछुल्ल भएको हो ।

नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेविसंघका विद्यार्थी नेता मनोजकुमार साहलाई इकाई अध्यक्षको जिम्मेवारी दिएर पठाएको केही समय नबित्दै नेविसंघका उपाध्यक्षद्वय प्रकाश राना र जिवन राईले संघीय समाजवादी फोरम नेपालका कार्यकर्तालाई सो पद सुम्पिएर पठाएको खुलासा भएको छ । गत स्थानिय तह निर्वाचनका बेला विधिवतरुपमा फोरम नेपालमा प्रवेश गरेका सुनिलकुमार सर्राफलाई इकाइ अध्यक्ष बनाएपछि नेविसंघ पर्सामा खैलाबैला मच्चिएको छ ।

पर्सामा कांग्रेस र नेविसंघभित्र गुटको लडाई नयाँ विषय नभए पनि अन्य दलको कार्यकर्तालाई काखी च्यापेर नेविसंघमा अहोरात्र खटिएका कार्यकर्तालाई पाखा लगाउने प्रयासलाई नेविसंघ पर्साका अधिकांश कार्यकर्ताले आश्चर्यको रुपमामात्र लिएका छैनन्, केन्द्रीय नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेवि संघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले साउन ७ गते ठाराब इकाइको अध्यक्षमा मनोजकुमार साहलाई लिखित नियुक्त दिएको २४ घण्टा नवित्दै उपाध्यक्षद्वय राणा र राईले दिएको नियुक्तले पर्सा जिल्लामा संविसंघ भित्र विवाद सिर्जना गरेको छ । अन्य पार्टीको कार्यकर्तालाई इकाइ अध्यक्षमा नियुक्ती गरेपछि जनमानसबिच यसलाई हाँसोको विषय बनाइएको छ ।

यसैबीच आफुलाई नेविसंघको जिल्ला अध्यक्ष भएको दाबी गर्दै सन्तोष गूप्ताले पत्रकार सम्म्मेलनको आयोजना गरी पर्सामा गठन गरिएका नेविसंका सबै इकाई संगठनको विधानविपरित भएको आरोप लगाएका छन् । उनले ठाकुरराम इकाइको अध्यक्षमा मनोजकुमार साहको नियुक्ति अवैध भएको र उपाध्यक्षद्वय राणा र राईले गरेको सर्राफको नियुक्त वैध भएको दाबी गरे । पत्रकार सम्मेलनमा सहभागी नेपाली काँग्रेसका महाधिवेश प्रतिनिधि मनोज यादव र नगर सचिव सन्तोष सिंहले पार्टीको जिल्ला नेतृत्व र केन्द्रिय पदाधिकारीले अल्पमतको भावनालाई कदर नगरी आफूखुशी पदाधिकारी तोक्दै हिडेको आरोप लगाए ।

काँग्रेसका पर्सा जिल्ला सभापति अजयकुमार दिवेद्वीसंग बुझ्दा उनले नेविसंघका केन्द्रिय अध्यक्षले गरेको नियुक्त नै बैध हुने बताए । केन्द्रीय अध्यक्षले नियुक्त गरेका मनोजकुमार साह नै इकाई अध्यक्ष हुने द्विवेदीले बताए । उनले नेविसंघका विषयमा संगठनका अध्यक्षले दिएको आदेश वैध भएको र सोहीअनुसार गर्न गराउन पर्साका सम्पूर्ण तहका कार्यकर्ताहरुलाई आग्रहससमेत गरे ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here