×

वीरगंज, १६ भाद्रौं - आगामी ९ कात्तिकमा रिलिजको घोषणा सहित चलचित्र ‘चौका दाउ’को एउटा गीत राधापियारीको भिडियो शुक्रबार राजधानीमा एक समारोहबीच रिलिज गरिएको छ ।

वरिष्ठ कलाकार हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको यो गीतलाई दयाराम पाण्डेले लेखेका हुन् । जसमा बरिष्ट संगीतकार शम्भूजित बास्कोटाको स्वर र संगीत रहेको छ । गीतमा शम्भूजितलाई गायनमा कोमल राजभण्डारीले साथ दिएकी छिन् ।

हरिवंश आचार्यले कार्यक्रममा बोल्दै यो गीत निकै कर्णप्रिय बनेको बताए । भिडियो पनि राम्रो बनेको आचार्यको भनाई थियो ।

यो चलचित्रको परिकल्पना तथा संगीतकार शम्भूजित बास्कोटा हुन् । कार्यक्रममा बोल्दै उनले चलचित्रको निर्माण सम्पन्न भएको र सोचेको भन्दा चौका दाउ राम्रो बनेको बताए ।

भिमफेदी गाईजको कोरियोग्राफी रहेको यो भिडियोमा अभिनेता अजश्र ढुँगाना, अभिनेत्री वर्षा रातउसँगै सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झाको नृत्य रहेको छ । जसमा सन्ताेष पन्तकाे कृष्णा चरित्र निकै मन परार्इएकाे छ ।

सौर्य प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र चौका दाउलाई पुर्णेन्दु झाले निर्देशन गरेका हुन् । झा यस अघि बहु चर्चित चलचित्र संरक्षणका निर्देशक समेत थिए । चलचित्रका निर्माता सौर्यजित बास्कोटा र मनोज राजभण्डारी हुन् । जसमा सहनिर्मातामा पंकज बास्कोटा रहेका छन् ।

यो चलचित्रमा दीर्घ गुरुङको छायाँकन रहेको छ भने मित्रदेब गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, वसन्त श्रेष्ठ र भीमफेदी गाइजको नृत्य निर्देशन छ । यस चलचित्रमा शम्भूजित बास्कोटाको संगीत रहेको छ ।

चलचित्रमा मुख्य आकर्षक सन्तोष पन्त र तैयव शाह रहेका छन् । वर्षा राउत, अजश्र ढुंगाना, विल्सिन विक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, सोनिका केसी, विजय राई, शिवशंकर रिजाल (जोगिन्दर) लगायतको अभिनय छ ।

चलचित्रको प्रोडक्सन म्यानेजर सुवासराज काफ्ले हुन् भने प्रोडक्सन सुपरभाइजर नरेन्द्र खड्का रहेका छन् । पटकथा अभिमन्यू निरवीको लेखेका हुन् । चलचित्रलाई विके फिल्म्स्ले बितरण गर्ने छ ।

हेर्नुस भिडियो;

https://www.youtube.com/watch?v=UM9LXdCT31k

Back to top