×

वीरगंज, भाद्रौं १६ - ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले सेवाको नाममा जनतालाई झुक्याउदै ठग्दै गरेको भेटिएको छ । वीरगंजमा सुपर फास्ट सेवाको नाममा जनतालाई झुक्याई सेवा पनि नदिने र एक वर्षभरिको पैसा पनि एकै पटक भुक्तानी लिएको धेरै ईन्टरनेट कम्पनि भए पनि क्लासिक टेक नामक ईन्टरनेट कम्पनीको सेवाबाट जनता पिडित बनेका छन् ।

वीरगंज महानगरपालिका वडा नम्बर ८ का समिम हवारीले धेरै दिन देखि नेट सेवा अबरुद्ध रहेको बारम्बर गुनासो गर्दा पनि मर्मतका लागी नआउने गरेको उनले दुखेसो पोखे । एक वर्ष भरिको पैसा एकै पटक तरिसकेकाले आफुसँग अर्को विकल्प समेत नरहेको उनले बताए ।

त्यस्तै रानीघाट १० का अर्का प्रयोग कर्ता रंजन चौहानको गुनासो पनि उस्तै छ । सुरुमा ५ महिनाको योेजनामा सेवा लिएका उनि घरिघरि नेट कनेक्सन अबरुद्ध हुने समस्याले दुख दिने गरेको उनको आरोप छ । आफुले अन्तीममा मोबाईल डाटा लिएर प्रयोग गर्ने गरेको उनको भनाई छ, ठगी गर्ने कलासिक टेक जस्ता ईन्टनेट कम्पनीहरु माथिपनी सम्बन्धीत निकायको ध्यानाकर्षन भए ठगिनबाट जोगिन सक्ने उनले बताए । उनले भने हामीले यस ठगी धन्दाका लागी समेत मुद्धा गर्नेछौँ ।

वीरगंजमा रहेका १ दर्जन भन्दा पनि बढि ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुले उपभोक्तालाई जानकारी गराएको भन्दा कम गतिको ईन्टरनेट प्रदान गर्दै आएको विज्ञहरुको भनाइ रहेको छ । कम्पनिहरुले १० एमबी ईन्टरनेट स्पिड भने पनि त्यस भन्दा ८ देखि १० गुणा कम स्पिडको ईन्टरनेट उपभोक्तालाई दिनेगरेको विज्ञ हिमन्सु बरनावालले बताए ।

Back to top