×

वीरगन्ज १५ भदौ । राजीतिक स्थिरतासंगै मुलुकमा व्यपार मैत्री वातावरण बन्दै गएपछि पर्सा जिल्लामा नयाँ करदताको सङ्ख्यामा उलेख्य वृद्धी भएको छ । गत आर्थिक वर्ष भित्र पर्सा जिल्लामा ४ हजार २ सय ५४ जना नयाँ करदाता थपिएका हुन ।

गत आर्थिक वर्षको साउन देखी असारसम्ममा आयकर तर्फ २ हजार ३ सय ८० जना र व्यत्तिगत प्यान तर्फ १ हजार ८सय ७४ जना नयाँ करदाता थपियएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ ।

आर्थिक वर्ष २०७३÷०७४मा ४२ हजार ९ सय ८५ जना करदाता रहेको तुलनामा आर्थिक वर्ष २०७४÷०७५मा नयाँ करदाता थप भाई ४७ हजार २ साय ३९ जना सङ्ख्यापुगेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपिकृष्ण कोइरालाले जानकारी दिनुभयो ।

उहाँले तीनै तहको निर्वाचन सफलतापूर्व सम्पन्न भई मुलुकमा राजनीतिक स्थाइत्व आएसंगै उद्योग व्यपार फस्टाउने विश्वासले करतादाको सङ्ख्याका वृद्धी भएको बताउनुभयो । कर दर्ताको सङ्ख्या वृद्धीमा कार्यालयले गरेको नियमित बजार अनुगमन, करदाता शिक्षाको व्यापक प्रचार प्रसारले समेत मद्दत पु¥यएको कार्यालय प्रमुख कोइरालाको भनाई रहेको छ ।

करदाताको सङ्ख्या वृद्धीसंगै कार्यालयको राजश्व सङ्कलनमा समेत उलेख्य सुधार भएको छ । आर्थिक वर्ष २०७४÷०७५लागि आन्तरिक राजश्व विभागले ५ अर्ब ३२ करोड ९८ लाख रुपैया राजश्व सङ्कलनको लक्ष्य दिएको तुलनमा कार्यालयले एक अर्ब४७ करोड २ लाख बढी अर्थात ६ अर्ब ८० करोड एक लाख रुपैया राजश्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख कोइरालाले जानकारी दिनुभयो ।

उहाँले आर्थिक वर्ष २०७३÷०७४ मा ४ अर्ब ६२ करोड एक लाख रुपैया राजश्व सङ्कलन गरेको तुलनमा आर्थिक वर्ष २०७४।०७५को सोही अवधिमा कार्यालयले ६ अर्ब ८० करोड एक लाख रुपैया राजश्व सङ्कलन गर्न सफल भएको बताउनुभयो। सङ्कलित राजश्व समिक्षा अबधीको तुलनमा २ अर्ब १८ करोड अर्थात ३२ प्रतिशत बढी सङ्कलन भएको आन्तरिक राजश्व कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उलेख गरिएको छ ।

Back to top