×

वीरगन्ज, १५ भदौं - ऋण फिर्ता नगर्ने व्यक्तिलाई पर्सा जिल्ला अदालतले एक वर्ष कैद सजाय भुगतान गर्न आदेश दिएको छ । पर्सा जिल्ला अदालत बेन्च नं. ५ का न्यायधिश सुर्य प्रसाद अधिकारीको एकल इजलाशले आज एउटा देवानी मुद्दाको फेसला गर्दै ऋण फिर्ता नगर्ने व्यक्तिलाई एक वर्ष कैदमा राखि वादीको रकम असुल गर्न प्रहरीको नाममा आदेश दिएका हो ।

वीरगन्ज महानगरपालिका वडा नं. २४ निवासी दीपक कुमार कुर्मीसंग लिएको आठ लाख पचाँस हजार रुपैया ऋण फिर्ता नगरेको मुद्दाको सुनुवाई गर्दै न्यायधिश अधिकारीले बारा जिल्लाको दक्षिण झिटकैया वडा नं.७ घरभाई हाल वीरगन्ज महानगरपालिका वडा नं. १५ मा बस्दै आएका छोटेलाल प्रसाद कुशवाहालाई पक्राउ गरी एक वर्ष जेलमा राख्न प्रहरीको नाममा आदेश दिएको पर्सा जिल्ला अदालत श्रोत्रले जानाएको छ ।

छोटेलालले लिएको आठ लाख पचाँस हजार रुपैया अशुलउपर गराई दिन भन्दै दीपकले अदालतमा दिएको मुद्दामाथि छलफल तथा बहसपछि लेनदेन महलको १९ नं. तथा द.ख ४२९२० तथा मुलुकी ऐन कार्यविधी ९संहिता० २०७४ को दफा २४४ बमोजिक पक्राउ गरी एक वर्ष कारागारमा राख्न प्रहरीको नाममा पक्राउ आदेश जारी गरेको मुद्दाकर्ता दिपकले जानकारी दिनुभयो ।

उहाँले छोटेलालसंग ऋण रकम पटक–पटक माग गर्दा समेत उनले लिएको रकम फिर्ता नदिई दुःखमात्र दिएपछि रकम अशुलउपर गराउन जिल्ला अदालतमा मुद्दा दर्ता गराएको बताउनुभयो ।

Back to top