कटहरियाका नामूद तस्करी, जोगेन्द्र साहलाई प्रहरी प्रशासन र भन्सार कर्मचारीको संरक्षण

357

रौतहट १५ भदौ, प्रहरी–प्रशासन र राजनीतिको संरक्षणमा रौतहटमा जिल्लामा यतिबेला तस्करी धन्धा व्यापक मौलाएको छ । रौटहतको कटहरियाका एकजना नामूद नवव्यापारीले राजनीतिक संरक्षणमा प्रहरी र प्रशासनलाई मोटो रकम बुझाएर जिल्लामा तस्करीको साम्राज्य फैलाइरहेको पाइएको छ । कटहरिया नगरपालिका वडा नम्बर ५ का जोगेन्द्र साहले सीमावर्ती बैरगनिया, घोडासहन र सितामढीबाट तस्करीका सामान भित्र्याउने गरेको स्रोतले बतायो । साहले गौर भन्सारबाट थारै मालसामनको भन्सार गराएर त्यही प्रज्ञापनपत्र दुरुपयोग गर्दै दैनिक लाखौं रुपैयाँबराबरको कपडाको तस्करी गरिरहेको बताइएको छ । साहको तस्करी धन्धामा भन्सारका कर्मचारी, प्रहरी र प्रशासनले सघाउ पु¥याइरहेका छन् । राजनीतिक संरक्षणसमेत हात पारेका उनले तस्करी धन्धाबाट छोटो समयमै करोडौं रुपैयाँ कमाएर त्यस्तो अवैध कमाई पुनः अवैध मिटर ब्याजमा लगाएर सर्वसाधारणलाई शोषण गरिरहेको पीडितहरु बताउँछन् । उनले तस्करीको मालसामन बेच्न जयभोलेनाथ फेन्सी स्टोर सञ्चालन गर्दै आएका छन् । यो स्टोर उनको देखाउने दाँतमात्रै भएको र यसको अवरणमा तस्करीको ठूलो सञ्जाल विस्तार गरिरहेको बताइएको छ । उनले जिल्लामा चल्तापूर्जा मानिएका दलाल प्रवृत्तिका पत्रकारलाई समेत आर्थिक लाभ दिएर प्रभावमा पारेका कारण उनको तस्करी धन्धाका बारेमा उतिसारो समाचार पनि आउने गरेको छैन । तस्करीबाट आएको कालोधनले मात्र नपुगेर साहले नगर क्षेत्रमा हुने विकास निर्माणबाट आउने कमिशन र भ्रष्टाचारमा पनि आँखा लगाउन थालेका छन् । उनी १४ करोड रुपैयाँ बजेट रहेको स्थानीय खानेपानी तथा ढल निकास उपभोक्ता समितिको अध्यक्षसमेत बनेका छन् । खानेपानीका नाममा रकम निकासा गराएर त्यसमा समेत ब्रम्हलुट मच्चाउने योजना बनाइरहेको र त्यसमा ७ करोड रुपैयाँ निकासासमेत भइसकेको बताइएको छ ।