×

वीरगन्ज,९ भदौं । श्रमिकको पारिश्रमिकमा रहेको अपादर्शितालाई बारा–पर्साका उद्योगपतिहरु कायमै राख्न खोजेका छन् । कामदार तथा कर्मचारीको पारिश्रमिक अनिर्वाय बैङ्क खातामार्फत भुगतानि गर्ने सरकारको निर्णयलाई विरोध गर्दै उद्योगपतिहरु बारा पर्साका उद्योगमा रहेको अपादर्शितालाई कायमै राख्न खोजेका हुन ।

सरकारी, गैरसरकारी र निजीक्षेत्रका विभिन्न निकायमा कार्यरत कर्मचारीका लागि साउन १ गतेदेखि प्रक्रिया शुरू गरेर वित्तीय संस्थामार्फत भुक्तानी दिन सरकारले अनिर्वाय गरे छ ।

वीरगन्ज–पथलैया औद्योगिक कोरिडोमा रहेका उद्योगहरुमा काम गर्ने कामदार तथा कर्मचारीलाई कम तलब दिई बढिमा हस्ताक्षर गराई लागत खर्च बढी देखाउदै ठुलो आम्दानी गर्न पल्केका उद्योगपतिहरुको कुकृत्य सरकारले ल्याएको भुगतानि नितीले खुल्ने भएपछि विभिन्न बखेडा झिकी सोको विरोध उद्योगपतिहरुले गरेका हुन ।

बारा–पर्साका उद्योगपतिहरुले विभिन्न मन्च तथा संचारमाध्यममा वक्तव्य प्रकासित गराई सरकारकोनितीको गलत रुपमा व्याख्या गरी भ्रमको खेति गरिरहेका छन् ।

बारा–पर्र्सामा रहेको उद्योगमा नेपाल सरकारको कानुन विपरित उद्योगपतिहरुले नेपाली भन्दा बढी भारतीय कामदारलाई रोजगारीमा राखेको भेद समेत खुल्ने भएपछि सरकारको भुगतानि नितीले दैनिक ज्यालादारीमा काम गर्ने कामदारलाई अप्ठयारो पार्ने भ्रम फिजाउन विभिन्न परपंचमा लागेका छन् ।

वीरगन्जमा रहेको भारतीय महाबाणिज्य दूतावाशकोे सिफारिमा भारतीय नागरिकले सहजै बैङ्कमा खाता खोलन सकिने व्यवस्था रहेको छ । बारा–पर्र्सा औद्योगिक कोरिडोमा काम गर्ने भारतीय नागरिकलाई नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत नदिई काममा लगाउने गरेको भेद खुलने डरलेपनि उद्योगिहरु सरकारी नितीको विरोध गरीरहेका छन् ।

सरकारले ल्याएको नितीले मुद्रा चलनमा पादर्शिता काम गर्नुको साथै सरकारले तोकेको न्युनतम पारिश्रमिक समेत कामदारले पाउने सुनिस्चित गर्नुको साथै नेपाली कामदारको रोजगारी समेतमा वृद्धीहुने जानकारहरु बताउछन् ।

उद्योगपतिहरुले पहिले देखी कामदारको गर्दै आएको श्रमशोसणको अन्त्य सरकारको नयाँ भुगतानी नितीले गर्ने वृद्धीजिविहरुको ठम्मयाइ रहेकोछ ।

Back to top