×

वीरगन्ज ३ भदौं - प्रदेश नं.२ की भौतिक पूर्वधार विकास राज्य मन्त्रि डाक्टर डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कार्यवाही सन्तोषजनक नरहेको वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भनेका छन् । उहाँले प्रदेश सरकारले जसरी जनताका लागि कार्य सम्पादन गर्नु पर्ने हो, त्यसो नभएकाले आउने दिनमा बढि जनमुखी भाई प्रदेश सरकारले कार्यसम्पदान गर्ने बताईन ।

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आइतबार वीरगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्रि झाले मधेस आन्दोलनका शहिदलाई सम्मान र घाइतेहरुको व्यस्थापनमा प्रदेश सरकार चुकेको बताउदै आउने दिनमा शहिदको सम्मन र घाइतेको उचित व्यवस्थापन प्रदेश सरकारले गर्नु पर्ने बताईन । भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्रि झाले स्थानिय तहमा भएको अत्याधिक कर वृद्धीले संघीयतालाई कम्जोर बनाएको धारणा व्यक्त गर्नुभयो ।

उहाँले हाल देखिएको कर वृद्धीलाई नियन्त्रण गर्दै संघीयतालाई बलियो र दृघजिवी बनाउने तर्फ प्रदेश सरकार प्रयतनशिल रहेको जानकारी दिनुभयो । कार्यक्रममा संचारकर्मीले राखेको एक प्रश्नको उत्तर दिदै राज्यमन्त्रि झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमति–पत्र दर्ता २÷४ दिन भित्र सुचार हुने बताउनु भयो । उहाँले सवारी चालक अनुमति–पत्रका लागि फार्म भरदा व्यक्तिको गोप्य जानकारी निजी क्षेत्रलाई हुँने भएकाले त्यसलाई रोकन र नेपाली नागरिकको महत्वपूर्ण जानकारीलाई सुरक्षित राख्न प्रदेश सरकारले दर्तामा रोक लगाएको प्रस्ट पार्नुभयो ।

राजपा पर्साका उपाध्यक्ष डा. अनुज यादवको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रदेशनं. २ की प्रदेशसभा सदस्य डा. अन्जु यादव, राजपाका महासचिव शिव प्रसाद पटेल, राजेशमान सिंह, केन्द्रि सदस्य निजामुदिन समानी, जिल्ला संयोजक प्रेमबाबु पटेल, विरेन्द्र यादव, महिला नेतृ मुन्नी श्रीवास्तव, रम्भा मिश्रलगाएको उपस्थिती रहेको थियो ।

Back to top