नेपाल–भारत साहित्य महोत्सव २०१८ आज देखी वीगन्जमा सुरु महोत्सवले दुवै देशको सम्बन्धलाई थप प्रगाढ बनाउछ-मुख्य मन्त्रि गद्दी

652

Share
  •  
  •  
  •  

वीरगन्ज २७ साउन वीरगन्जमा आजदेखी नेपाल–भारत साहित्य महोत्सव २०१८ सुरु भएको छ । वीरगन्जको आदर्शनगर स्थित जैन धर्मशालामा दुई दिनसम्म चल्ने साहित्य महोत्सवको प्रदेश नम्बर २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले वृक्षारोपन गरी उद्घाटन गर्नु भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्रि गद्दीले वीरगन्जमा आयोजना गरिएको साहित्य महोत्सवले दुवै देश बीचको मित्र्वत सम्बनधलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले प्रचिन कालदेखी रहेको दुवै देशबीचको धार्मिक, सांसकृतिक तथा बोटी रोटीको सम्बन्धलाई साहित्यको आदानप्रदानले थप बलियो बनाउने धारणा व्यक्त गर्नुभयो ।

वीरगन्जमा आयोजना गरिएको साहित्य महोत्सव जस्ता कार्यक्रमलाई केन्द्र तथा प्रदेश सरकारको स्तरबाट गर्नु पर्ने बिचार राख्दै मुख्यमन्त्रि गद्दीले दुवै देश साहित्यमा समृद्ध भएपनि विश्व स्तरमा आप्mनो पहिचान स्थापित गर्न नसेकेको जिकिर गर्नुभयो । उहाँले नेपाल तथा भारतमा विश्वस्तरका साहित्य लेखिएपनि दुवै देशको साहित्यलाई विदेशीलाई सम्झाउन नसकिएको कारण पुर्वेली साहित्यले विश्वमा आफनो छाप छोडन नसकेको प्रस्ट पार्नु भयो ।


नेपाल–भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैदको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन कार्यक्रममा साहित्यको विकासमा महत्वपूर्ण योगदान दिने नेपालका वरिष्ठ साहित्यकार एवम् अख्यान्तकार डा. धुवचन्द्र गौतम र भारतका वरिष्ठ साहित्यकार डा.योगेन्द्र नाथ शर्मालाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले सम्मानित गर्नु भएको छ ।


कार्यक्रमा लोक साहित्य विधामा साहित्यकार जसराज किराती,गैर अख्यान्त विधामा रमेश गोरखाली र गित गजल विधाको विकासमा महत्वपूर्ण योग्दान दिने श्रेष्ठ प्रिया पथरलाई मुख्यमन्त्रि गद्दीले दोसला ओढाई कदर–पत्रले सम्मानित गर्नुभएको थियो ।


नेपाल–भारत सहयोग मञ्च, ग्रिनसिट केयर भारत र हिमालिनी मासिक पत्रिकाको संयुक्त आयोजनामा साउन २८ गतेसम्म चल्ने साहित्य महोत्सवमा नेपाल तथा भारतका २ सय ५० जना स्रष्ठाहरुको सहभागिता रहेको आयोजकले जनाएका छन् । महोत्वमा नेपाल र भारतका साहित्यप्रेमीहरू बीच साहित्यका विविध विधाहरु बारेमा वृहत विमर्श हुने र यसले दुवै देशको साहित्लाई विकास गर्न मद्दत पुग्ने आयोजकको विश्वास रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here