×

वीरगंज,२७ साउन नेपाल आदीबासी जनजाती पत्रकार महासंघ(फोनिज) पर्साले आफनो १९ औ स्थापना दिवसको अवसरमा अन्तक्रिया कार्यक्रम सम्पन गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आईतबार समावेशी लोकतन्त्रको आधार पुर्ण समावेशी संचार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन गरेको हो । नेपाल पत्रकार महासंघ प्रदेश नं.२ का अध्यक्ष दिपेन्द्र चौहानको प्रमुख आतिथ्यमा सम्पन अन्तरक्रिया कार्यक्रममा सहभागि संचारकर्मीहरुले संघिय लोकतान्त्रिक गणतन्त्रमा समानुपातिक समावेशीको आवाज सबै निकायमा उठिरहेको बेला संचार क्षेत्र पनि पुर्ण समावेशी हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र चौहानले समावेशी लोकतन्त्रको मुख्य आधार नै समावेशी संचार हुनुपर्नेमा जोड दिएका थिए । उनले संचार क्षेत्रमा पनि समावेशी रहेको बताउदै अझै यसको दायरा फराकिलो बनाई आदीबासी जनजातीको मुदा स्थापित गर्न जनजाती पत्रकारहरुले विशेष गरेर कलमको माध्यमले आफनो समुदायको हित र विकासको लागि काम गर्नुपर्नेमा जोड दिएका थिए ।

आदीबासी जनजाती पत्रकार महासंघ पर्साका उपाध्यक्ष अजित भुजेलको सभापतित्वमा सम्पन अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ देश नं.२ का उपाध्यक्ष केसी लामिछाने, पर्साका अध्यक्ष श्याम बान्जारा,संघिय प्रेस फोरमका पर्सा अध्यक्ष आ.के.पटेल लगायत वीरगंजका संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

Back to top