वीरगंजमा कालिका कन्स्ट्रक्शनले पहिलो चरणको काम नसक्दा दोस्रो चरणको निर्माण प्रारम्भ

206

Share
  •  
  •  
  •  

वीरगन्ज २६ साउन । मझौला शहर एकीकृत वातावरण सुधार आयोजना अन्तर्गत तीन सय करोडको वीरगंज महानगरमा पचास किलोमिटर नाला र आठ किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न बाकी नै रहदा भएलगत्तै अहिले क्षेत्रीय शहर विकास आयोजनाले दुई सय चौंतीस करोड खर्चमा नाला र बाटो बनाउने काम पाएको छ ।
क्षेत्रीय शहर विकास आयोजना अन्तर्गत एडिबी र नेपाल सरकारको ९३.८ प्रतिशत लगानी छ भने वीरगंज महानगरको ६.२ प्रतिशत लगानी रहने छ । यस अघि मझौला शहर एकीकृत वातावरण सुधार आयोजना अन्तर्गत एडिबी र नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११ र वीरगंज महानगरको ८ प्रतिशत लगानी थियो ।
तीन सय करोडको लगानीको आयोजनाको काम ८० प्रतिशत सकिएको भए पनि ९४ प्रतिशत सम्पन्न भएको व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताउछन ।
दोस्रो आयोजनाको काम शुरु गर्ने तयारी भइरहेको छ । क्षेत्रीय शहर विकास आयोजना अन्तर्गत वर्षायामपछि शुरु हुने नाला र सडक २०–२० किमी रहेको व्यवस्थापक श्रेष्ठले जानकारी गराए । उनले यस अघि चारकुना आकारमा ढलान नाला निर्माण भए पनि नयाँ आयोजनामा ह्युम पाइप प्रयोग हुने बताएका छन् ।
ढलान नाला निर्माणमा एक महिना अवधि लाग्ने तर ह्युमपाइप जडान छिटोछरितो हुने देखिएकोले आयोजनामा ह्युम पाइप प्रयोग हुने बताए ।
दोस्रो आयोजना बाइपास सडक मुर्ली, राधेमाई, भिस्वा र कन्या मावि क्षेत्रमा सञ्चालन हुनेछ । यो आयोजना पनि चौबीस महिनामा पूरा गर्ने गरी कालिका कन्स्ट्रक्शनले ठेक्का पाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here