×

वीरगंज, २६ साउन संघीय समाजवादी फोरम नेपाल पर्साका जिल्ला अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदिप यादवले फोरम नेपालकै संघर्षकै कारण आज जन्मका आधारमा नागरीकता पाएकाहरुका सन्तानले बंशजको नागरीकता पाउने निश्चित भएको बताउनु भएको छ । वीरगन्जमा आज आयोजित फोरम नेपालको नगर स्तरीय भेलालाई सम्बोधन गर्दै सांसद यादवले नागरिकता नपाएका कारण हजारौ मधेशीका छोराछोरीहरु शिक्षा र रोजगारबाट बन्चित भएकाले उनिहरुको लागी आफु सडक , संसद र न्यायलयमा बर्षौ देखि गरेको संघर्ष परीणाम नै स्वरुप आज उनिहरुले नागरिकता पाउने निश्चित भएको बताउनु भयो ।भेलामा सहभागी फोरम नेपालका युवा कार्यकर्ताहरुले मुख्यमन्त्री , मेयर, विधायक , सांसद लगायत पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुको गतिविधी पार्टीको हितमा सन्तोषजनक नभएको गुनासो गरेपछि, सांसद यादवले कार्यकर्ताहरुकै बलमा पार्टीले स्थानीय तह देखि संसद सम्म बलियो उपस्थिती जनाउन सफल भएकाले कार्यकर्ताहरुको भावनाको नेताहरुले सम्मान गर्नु पर्ने भन्दै आगामी समयमा सबै गुनासाहरु सम्बोधन गरिने बताउनु भयो ।

मधेसको माग पुरा गराउन संविधान संशोधन संगसंगै अब पर्सामा विकासको लहर आउने उहाको भनाइ थियो । यसका लागि पर्सा जिल्लामा मात्रै पाच अर्ब बजेट संघीय सरकारबाट विनियोजन गराउनका लागि जिल्लाका चारै जना सांसदहरु प्रयत्न रहेको जानकारी दिदै उहाले आफनो गाँउ ठाँउको विकासका योजनाहरु बनाएर पार्टीलाइ पेश गर्न कार्यकर्ताहरुसंग आग्रह पनि गर्नु भयो । पर्सा क्षेत्र नम्बर ३ का सांसद हरिनारायण रौनीयारले कार्यकर्ताका गुनासो आगामी दिनमा आफुले सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भयो । आज सम्पन्न भेलाले फोरम नेपालको नगर कार्य समिति भंग गर्दै नगर अधिवेशनका लागि तीन दिन भित्र तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ । नगर कार्य समितिका निवर्तमान अध्यक्ष मुकेश द्धिवेदीको अध्यक्षतामा भएको भेलामा फोरम नेपालका केन्द्रिय सदस्य मोहनलाल चौधरी , करिमा बेगम , वीरेन्द्र यादव , जिल्ल उपाध्यक्ष सुन्दर कुर्मी , विधायक जन्नत अन्सारी , जिल्ल प्रवक्ता राम नरेश यादव लगायतका नेता कार्यकर्ताहरुले आ आफनो मन्तव्य राखेका थिए ।

Back to top