×

वीरगञ्ज, २५ साउन, वीरगञ्जमा आइतबारदेखि सुरु हुन गइरहेको नेपाल–भारत साहित्य महोत्सव २०१८ मा सहभागी हुन भारतका विभिन्न स्थानबाट साहित्यपे्रमीहरु वीरगञ्ज आइपुगेका छन् । शुक्रबार महोत्सव आयोजकहरुले भारतको रक्सौलमा साहित्यकारहरुलाई स्वागत गरेको महोत्सव संयोजक गणेश लाठले बताए ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्ने महोत्सवमा नेपाल र भारतका २ सय ५० भन्दा बढी साहित्यकारहरुको सहभागिता रहने आयोजकले बताएको छ । भारतका बिहार, उत्तर प्रदेश, महाराष्ट्र, मेरठ, मुरादावाद, दिल्ली, असम, सिक्किमलगायतका स्थानबाट ७५ जना साहित्य अनुरागीहरु सहभागी हुने आयोजक मूल समितिका अध्यक्ष अशोककुमार वैदले बताए । आइतबार सुरु हुने महोत्सव २ दिनसम्म चल्ने बताइएको छ ।

Back to top