×

वीरगंज २४ श्रावण । एडी मैक्स एजुकेशन कन्सल्टेन्सी वीरगंजले विद्यार्थीहरुलाई ठग्दै गरेको समाचार प्राप्त भएको छ । वीरगंजमा संचालित एडी मैक्स एजुकेशन कन्सल्टेन्सीका संचालक दिपेन्द्र यादवले वीरगंजमा हाल शैक्षिक परामर्श केन्द्रको नाममा विद्यार्थीहरुलाई ठगी गर्ने गोरख धन्दा संचालन गरेको पिडित विद्यार्थीहरुले गुनासो गरेका छन् । संचालक दिपेन्द्र यादवले कमिशनको लोभमा विद्यार्थीहरुलाई प्रलोभनमा पार्दै झुक्याएर भारतका गुणस्तरहिन र कमसल कलेजहरुमा लगेर भर्ना गराई विद्यार्थीहरुबाट मोटो रकम ठग्ने काम गरिरहेको विशेष श्रोतले जनाएको छ । एडी मैक्स एजुकेशन कन्सल्टेन्सीले भारतका चर्चित कलेजहरुको लोगो तथा ब्राण्डको दुरुपयोग गरि विद्यार्थीहरुलाई कमसल र गुणस्तरहीन कलेजमा भर्ना गराएकोमा ती पिडित विद्यार्थीहरुका अभिभावकहरुले एडी मैक्स एजुकेशन कन्सल्टेन्सीका संचालक दिपेन्द्र यादव विरुद्घ ठगी गरेको आरोपमा उजुरी दिने तयारी गरि रहेको श्रोतले जनाएको छ । मोटो कमीसन पाउने लोभमा भारतका कमसल एवं गुणस्तरहीन कलेजहरुमा विद्यार्थी पुर्‍याई उनीहरूको भविष्यमाथि खेलवाड गर्न हाल वीरगन्जका केहि कन्सल्टेन्सीहरु लागि परेको र एडी मैक्स एजुकेशन कन्सल्टेन्सीले समेत वीरगंजका स्थानिय विद्यार्थीहरुलाई ठगि गर्न खोजेको हुँदा यस्ता कन्सल्टेन्सी उपर स्थानिय प्रशासनले कडा कारवाही गर्नुपर्ने माग विद्यार्थीहरुले गरेका छन् ।

Back to top