×

वीरगंज २४ साउन वीरगंज महानगरपालिकाले वीरगंज बाइपास सडकमा डोजर चलाएर मर्मतको कामलाइ तिब्रता दिएको छ ।मुलुककै आर्थिकद्धारको रुपमा रहेको वीरगंज भंसार देखि गन्डक चौकसम्म रहेको बाइपास सडकको अवस्था अतिनै जरजर भएपनि संघीय सरकारबाट कुनै पहल नभएपछि नगर प्रमुख विजय कुमार सरावगीको नेतृत्वमा प्रमुख प्रशाकीय अधिकृत डा भीष्मकुमार भूसाल,वरिष्ट प्रशासकीय अधिकृत सुमन श्रेष्ट लगायतको टोलीले स्थलगत निरिक्षण गर्दै बाटो मर्मत कार्यलाइ अगाडि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ नगर प्रमुख विजय सरावगीसंग बाइपास सडक र वीरगंज रक्सौल मितेरी पुलको स्थलगत निरिक्षण गर्दै सबै खाल्डा खुल्डी अबिलम्ब पुर्न आदेश दिएको दुइ महिना वितिसक्दा कुनै काम नभएपछि महानगरपालिकाले मर्मतको कामलाइ अघि बढाएको हो ।बाइपासमा रहेको खालडा खुल्डीले गर्दा त्यस सडक खन्डबाट चलने यतायातहरुलाई हुने गरेको कठिनाइलाइ मध्यनजर गर्दै बाइपास तथा वीरगंज घन्टाघर लिकंरोडलाइमा डाजर चलाएर सबै खाल्डा खुल्डीलाई मर्मत गर्ने कामभइरहेको महानगरपालिकाले जनाएको छ ।

साथै प्रमुख प्रशासकीय अधिकृत डा भूसाल सहितको कर्मचारीहरुको टोली सहित नगर प्रमुख विजय कुमार सरावगीले नया बर्सपाकमा निर्माण भइरहेको अत्याधुनिक बसर्पाकको समेत निरिक्षण गर्नु भएको छ । आसिस,स्वच्छन्द,रोशन र जेबी कन्ट्रक्सनले निर्माण गरिरेहेको अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण कार्यलाइ असोज मसान्त भित्र पुरा गर्न निर्देशन दिएको महानगरपालिकाले जनाएको छ । निर्माण भइरहेको बसपार्कमा व्यवस्थापन तथा निर्माण कार्यमा भइरहेको कठिनाइहरुको बारेमा वस व्यवसायी सघंका पदाधिकारीहरुसगं स्थलगत छलफल समेत गरिएको जनाइएको छ ।
Back to top