मधेसलाई नेपालसँग बस्नुपर्ने कुनै कारण छैन : सीके लाल

1560

Share
  •  
  •  
  •  

भारतको अलिगढ मुस्लिम विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका स्तम्भकार तथा टिप्पणीकार सिके लालले आफ्नो औपचारिक पढाइको क्षेत्रमा भन्दा समाजविज्ञानको क्षेत्रलाई आफ्नो कर्मथलो बनाएका छन् । ०४६ यताबाट उनी नियमित स्तम्भ लेख्ने तथा राजनीतिक टिप्पणी गर्ने काममा लागिरहेका छन् । यसैबीच उनका ह्युमन राइट्स गभर्नेन्स एन्ड डेमोक्रेसी इन साउथ एसिया, नेपालीय हुनलाई र मिथिला मन्थन प्रकाशित भइसकेका छन् । सिके लालसँग नरेश ज्ञवालीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
धोती लगाएको कालो वर्णको मान्छे देख्ने बित्तिकै यो भारततिरको हो कि भन्ने कुरा मेरो मानसिकतामा किन आउँछ ?

मानिसको सोच पाँचवटा कुराबाट निर्देशित हुन्छ । पहिलो, हामीले जानी नजानी आफ्नो आमा–बुबाको, समाजको र जुन परिवारमा बस्छौँ, तीनका मूल्य, मान्यता ग्रहण गरिरहेका हुन्छौँ । दोस्रो, पाहाडबाट मधेस झर्ने भनेकै मूलतः भारत जानका लागि हो । उनीहरूलाई कहाँबाट मधेसको सिमाना टुङ्गिन्छ र कहाँबाट हिन्दुस्तानको सिमाना सुरु हुन्छ भन्ने कुरा कहिलै स्पष्ट भएन । त्यहाँका मानिसको भेषभूषा, भाषा, संस्कृति उस्तै लागेका कारणले पनि त्यो प्रष्ट नभएको होला । तेस्रो, भारतीय पक्षबाट मधेसी भनेका भारतीय मूलका हुन् भनेर ठूलै हौवा पिटिएको छ । जुन हौवा मानिसलाई अहिले पनि सही नै लाग्छ । भारतीयले त्यो हौवा पिटिदिँदा यताको पूर्वाग्रह झन् बलियो हुन गयो ।

चौथो, काठमाडौँ उपत्यकालाई पृथ्वीनाराण शाहको पालादेखि ‘जफत किल्ला’ मानी आइएको हो । त्यसैले सबैलाई काठमाडौँ आउन राहदानी लिन लगाइयो । त्यो राहदानीलाई राणाकालभरी प्रचार गरियो । १०४ वर्षसम्म कुनै कुरा प्रचलनमा रहने हो भने त्यसले कस्तो मनस्थितिको निर्माण गर्छ बुझ्न गरो छैन । पाँचौँ, अहिले त होइन तर पहिले मधेसमा साक्षरता तुलनात्मक रूपमा बढी थियो । तिनले नाप, तौल जानेका थिए । व्यापार गर्थे । अनि यिनले ठग्छन् भन्ने भावना जानीबुझी बिस्तार गरियो । यस्ता सबै कुराले पाहाडिया मानसिकतामा मधेसी भनेको भारतीय हो, उनीहरू फरक होइनन् भन्ने भावनाको विकास गराउँछ ।

यस्तो धारणामा एकप्रकारले सन् २००६ को जनआन्दोलनपछि परिवर्तन ल्याउने प्रयत्न नभएको होइन । माओवादी नेता मातृका यादवले ‘गर्व से कहु हम मधेसी छी’ भने र काठमाडौँको भित्ता–भित्तमा लेखे । त्यसले परिवर्तन होला जस्तो देखिएको थियो तर दुर्भाग्य पहिलो संविधानसभाको अवसानपछि पुरानो शक्तिले सत्तामा पुनः कब्जा जमायो । पुरानो शक्तिले सत्ता कब्जा गरेपछि अब मधेसीहरूलाई सियोको टुप्पो जति पनि ठाउँ छोड्नु हुँदैन भन्नेमा उनीहरू पुगे र अहिलेको पश्चगामी संविधान लागू भयो ।

राज्यको नीतिबाटै मधेसमा बस्नेहरूप्रति एकखाले धारणा विकास गराइयो र यसमा भारतीय हौवाले ठूलो काम गर्यो भन्ने तपाईंको निष्कर्ष ? 
सबै भावनामा डर र लोभको स्थान प्रमुख हुन्छ भन्ने एउटा भनाइ छ । नेपालका सत्ताधारीको डर के हो भने दक्षिणले हामीलाई मिच्छ । र, लोभ के हो भने त्यसलाई रोक्न सकियो भने हाम्रो एकाधिकार कायम रहन्छ । यही कुरालाई नेपालका सत्ताधारीहरूले जनतामा बेचे । भारतको सत्तालाई लोभ के हो भने हामीले मधेसीलाई भारतीय मूलका भनी राख्यौँ भने यी हाम्रा रहिरहन्छन् । डर के हो भने मधेसीहरू पनि पक्का नेपाली हुने हो भने हाम्रै मान्छे जस्ताहरूबाट सुरक्षा भय हुन सक्छ । त्यही कुरालाई उनीहरूले कहिले आईएसआई, कहिले नक्कली नोट त कहिले मधेसमा धेरै मदरसा खुले भनेर उठाइरहन्छन् । काठमाडौँ र दिल्लीको सत्ताको डर र लोभको दुवै पाटोका बीच मधेसी पिल्सिए ।

सन् १९८० मा हामी जनमत सङ्ग्रहमा पुग्यौँ । जनमत सङ्ग्रहमा के कुरा उठ्यो भने पाहाडका मानिसहरू हुलका हुल ल्याएर मधेसमा बसाइँदै छ, यदि हामी नबोल्ने हो भने यो प्रक्रियाले के रूप लेला । त्यसबेला सुकुम्बासीहरूलाई जग्गा दिने भनिएको थियो । सबैभन्दा धेरै सुकुम्बासी मधेसमै रहेका दलितहरू थिए, तर उनीहरूलाई जग्गा दिइएन । मात्र पाहाडबाट तल झर्नेहरूलाई जग्गा वितरण गरियो । त्यसपछि हर्क गुरुङ प्रतिवेदनले (मेरो बुझाइमा हर्क गुरुङको काँधमा बन्धुक राखेर चलाइएको गोली ।) मधेसीलाई दोस्रो दर्जाको नागरिक बनायो ।

पाहाडमा बस्नेहरूको मानसिकता जसरी विकास गरियो भन्नुभयो, त्यसैगरी मधेसमा बस्नेहरूको पनि मानसिकता विकास गरियो होला ? मधेसमा कस्तो धारणा पाउनुभएको छ ?
मधेसका विषयमा धेरै लेखिएको छैन । पाहाडका बारेमा स्वदेशी, विदेशी धेरैले लेखेका छन् । त्यसैले यसमा आफ्नो अनुभवका आधारमा बोल्नुपर्ने हुन्छ । म सानो हुँदाबाटै हामी हारेकाहरू हौँ र यो राज्य पाहाडीहरूको हो, ती मालिक हुन् र उनीहरूसँग मिलेर बस्नुपर्छ भनेर हामीलाई सिकाइन्थ्यो । भन्नुको अर्थ हामी दोयम दर्जाका नागरिक हौँ भनेर सिकाइन्थ्यो । सन् ७० को दशकपछि नेपालमा आधुनिकताले प्रवेश पायो । त्यहाँबाट होइन मानिस भनेको सबै एउटै हुन् भन्ने धारणा विकसित भयो । एउटै देशमा बसेर, समान कर तिरेर, एउटै कानुन मानेर नागरिक कसरी दुईथरिका हुन् सक्छन् भन्ने भयो । त्यहाँबाट मधेसमा अलिकति असन्तुष्टि देखिन थाल्यो । जुन असन्तुष्टि नेपाली काङ्ग्रेस मार्फत अभिव्यक्त भयो । किनभने त्यस ताका मधेसमा नेपाली काङ्ग्रेस प्रभावशाली थियो ।

तर त्यो विचारलाई झनै कडाइका साथ दबाइयो । सन् १९८० मा हामी जनमत सङ्ग्रहमा पुग्यौँ । जनमत सङ्ग्रहमा के कुरा उठ्यो भने पाहाडका मानिसहरू हुलका हुल ल्याएर मधेसमा बसाइँदै छ, यदि हामी नबोल्ने हो भने यो प्रक्रियाले के रूप लेला । त्यसबेला सुकुम्बासीहरूलाई जग्गा दिने भनिएको थियो । सबैभन्दा धेरै सुकुम्बासी मधेसमै रहेका दलितहरू थिए, तर उनीहरूलाई जग्गा दिइएन । मात्र पाहाडबाट तल झर्नेहरूलाई जग्गा वितरण गरियो । त्यसपछि हर्क गुरुङ प्रतिवेदनले (मेरो बुझाइमा हर्क गुरुङको काँधमा बन्धुक राखेर चलाइएको गोली ।) मधेसीलाई दोस्रो दर्जाको नागरिक बनायो । यो प्रतिवेदनले नागरिकता नहुने सबै आप्रवासी हुन् भनेर घोषणा गरिदियो । अधिकांश नागरिकसँग मधेसमा नागरिकता नै थिएन ।

त्यसको मधेसमा त्यसको व्यापक विरोध भयो र मधेसका जनताको काङ्ग्रेससँग मोहभङ्ग भयो । त्यसपछि मधेसीको भविष्य सुरक्षित गर्नुपर्छ भनेर सप्तरीका गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद गठन गरे । यो परिघटनाले भारतलाई लाग्यो मधेस हाम्रो हातबाट फुत्कियो । उता काठमाडौँको राज्यसत्तालाई मधेसको राजनीतिलाई भारतले उचालिरहेको छ भन्ने लाग्न थाल्यो । सन् ८० को मध्यतिर आइपुग्दा मधेस फरक हो र यसको अधिकारका लागि आफै लड्नु पर्छ भन्ने भावना विकसित भयो । त्यसलगत्तै भारतले सन् १९८९ नाकाबन्दी गर्यो । त्यो नाकाबन्दीले मधेसको कार्यसूचीलाई ओझेलमा परिदियो । त्यसलगत्तैको निर्वाचनमा मधेसबाट काङ्ग्रेसले जित्यो र सरकार गठन गर्यो । निर्वाचनसँगै सद्भावना परिषद ओझेलमा पर्यो । तर सत्तामा पुगेको काङ्ग्रेसले मधेसको मुद्धालाई प्राथमिकतामा राखेन । किनभने काङ्ग्रेस काठमाडौँ सत्ताको अङ्ग बनिसकेको थियो । त्यसपछि एमालेले मधेसको पक्षमा केही गर्छ कि भन्ने आश पलायो । तर उसले पनि केही काम गर्न सकेन ।

त्यसपछि माओवादी सशस्त्र विद्रोह नै हो, जसले मधेसमा निकै ठूलो आशा जगायो । किनभने माओवादीले नागरिकताको मुद्दा, दलितको मुद्दा, महिलाको मुद्दाहरू उठाएको थियो । अन्तरिम संविधान लागू हुँदासम्म त्यसको एउटा पक्ष माओवादी थियो । तर मधेसको अधिकारको पक्षमा माओवादी कहीँ पनि अडिएन । अनि उपेन्द्र यादवको नेतृत्वमा मधेस विद्रोह भयो । समस्या के भयो भने मधेसमा पहिलो मधेस विद्रोह चल्दै गर्दा माओवादी निकै सशक्त थियो । त्यसकारण काठमाडौँको सत्ताले उपेन्द्र यादवलाई प्रयोग गर्न सके माओवादीलाई मधेसमा रोक्न सकिन्छ कि भन्ने बुझाइका कारण त्यसलाई मलजल गर्न पुगे । सँगसँगै त्यसलाई भारतीय समर्थन पनि प्राप्त भयो । यी सबै उतार–चढावले गर्दा मधेसको मुद्दा स्थापित त भयो तर त्यसले खासै उपलब्धि हासिल गर्न सकेन ।

पटक पटकका आन्दोलनले पुरानो मानसिकतामा के कति परिवर्तन ल्याए होलान् ?
मधेसमा देखिएको मुख्य परिवर्तन भनेको के हो भने सजिलै अधिकार पाइनेवाला छैन । नेपाली काङ्ग्रेसले युद्ध लडेको हो । त्यसका नेता ३० वर्षसम्म निर्वासनमा बसेका हुन् । एमालेले टाउको काट्दै हिँडेको हो । माओवादीको सशस्त्र विद्रोहमा १७ हजार नेपालीले ज्यान गुमाएका हुन् । त्यसको दममा उनीहरू स्थापित भएका हुन् । बिना सङ्घर्ष सम्झौताको आधारमा समानताको अधिकार त पाइदैन भन्ने स्थापित भएको छ । मुद्दा कहिले ओझेलमा पर्छ कहिले अगाडि आउँछ । तर सङ्घर्ष निरन्तर जारी छ । मधेस सङ्घर्षको यो एक सय वर्षमा पहिलो पटक हो, जति बेला उनीहरूले आन्दोलनबाट पाएको कुरा खोसिएको छ । त्यसकारण अहिले निराशा, वितृष्णा अलिक बढी छ । तर मुद्दाका हिसाबले आन्दोलन अगाडि नै बढेको छ ।

काठमाडौँको सत्ता अलिकति सहिष्णु नहुने हो भने मधेसको मुद्दा सल्टिने सम्भावना देखिँदैन । यो विस्तारै फैलिँदै गरेको भुसको आगो सरह हो । थोरै असहज अनुभूत भयो भने यो फेरि प्रज्वलनशील भएर दन्किन बेर लाग्दैन । त्यसैले काठमाडौँको सत्ताको सहनसिलता महत्वपूर्ण हो । जहाँसम्म दिल्लीको कुरा छ, उसले मधेसको मुद्दामा किन आफ्नो टाउको दुखाओस् । उसलाई जे लिनु छ, त्यो काठमाडौँको सत्तासँग छ । दिल्लीले काठमाडौँसँग चाहने भनेको पानी र जवानी हो ।

मधेसमा भएका आन्दोलन, काठमाडौँ र दिल्लीको सत्ता स्वार्थबीच मधेसको भविष्य कस्तो देख्नु हुन्छ ?
काठमाडौँको सत्ता अलिकति सहिष्णु नहुने हो भने मधेसको मुद्दा सल्टिने सम्भावना देखिँदैन । यो विस्तारै फैलिँदै गरेको भुसको आगो सरह हो । थोरै असहज अनुभूत भयो भने यो फेरि प्रज्वलनशील भएर दन्किन बेर लाग्दैन । त्यसैले काठमाडौँको सत्ताको सहनसिलता महत्वपूर्ण हो । जहाँसम्म दिल्लीको कुरा छ, उसले मधेसको मुद्दामा किन आफ्नो टाउको दुखाओस् । उसलाई जे लिनु छ, त्यो काठमाडौँको सत्तासँग छ । दिल्लीले काठमाडौँसँग चाहने भनेको पानी र जवानी हो । मोदीले यो वाक्य त्यसै प्रयोग गरेका थिएनन् । पानी भनेको नेपालका नदी हुन र जवानी भनेको नेपालको गोर्खा भर्ती हो । मधेसलाई उसले एउटा कार्डभन्दा बढी कहिलै पनि ठान्दैन ।

काठमाडौँसँग भारतलाई केही चाहिँदा र उसले आनाकानी गर्दा त्यो ‘मधेस कार्ड’ भारतले मज्जैले प्रयोग गर्ला नि होइन ?
दिल्लीले त्यो कोशिस प्रत्येक पटक गरेको छ । जस्तो कि सन् १९८९ को नाकाबन्दीमा भारतलाई मधेसले हाम्रो पक्षमा बोल्नेछ भन्ने ठूलो आशा थियो । तर मधेस बोलेन । उसले काङ्ग्रेसलाई साथ दियो । त्यतिबेला काङ्ग्रेसले यसपालि न्याय हुन्छ भनेकै आधारमा भारतको पक्षमा मधेसमा एउटा कुकुर पनि भुकेन । तर सन् २०१५ सम्म आई पुग्दा भारतको रणनीति केही हदसम्म सफल भएको देखिन्छ । जस्तो कि नाकाकसीको नैतिक जिम्मेवारी मधेसीले लिइदिएका हुन् । भन्नुको अर्थ भारतलाई सन् १९८९ मा जस्तो सन् २०१५ मा अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत हुनुपरेन । अहिले त झनै के भयो भने नेपालको आन्तरिक मामिलामा भारतले कमजोरको पक्ष लिएको जसरी उसको अन्तर्राष्ट्रिय मञ्चमा झनै राम्रो छवि निर्माण भयो । यसको अर्थ मधेसीले मोदीको नाक जोगाइदिए ।

मधेसमा चीनको झण्डा जलाउने र भारतको झण्डा गर्वका साथ फहर्याउने मानसिकताको विकास कसरी गरियो होला ? 
भारत–पाकिस्तानको म्याच हुँदा पाहाडमा पाकिस्तानको झण्डा देखाउनेदेखि अधिकांश खस–आर्यहरू किन पाकिस्तानको पक्षमा उभिन्छन् भन्ने ख्याल गर्नु भएको छ ? किनभने पाहाडमा भारत विरोधी भावना बलियो छ । यसको विपरित मधेसमा नातागोता, दाजुभाई र वारीपारीको सम्बन्धले पनि भारतको पक्षमा बन्धुत्व भाव छ । तर यसको अर्थ त्यो राजनीतिमा पनि कायम हुन्छ भन्ने छैन । तर एउटा कुरा पक्का हो, जसमा दास मानसिकता हुन्छ उसमा धार्मिक भावना अलिक बढी हुन्छ । किनभने उसले मुक्तीको अरु बाटो देखेको हुँदैन । पाहाडका लागि धेरै विकल्प छन् जुन मधेसका लागि खुला छैनन् । हिन्दीमा एउटा भनाई छ– ‘डुबते को तीनके का साहारा’ । मधेसीलाई भारतले साथ दिँदैनन भन्ने जान्दा जान्दै पनि त्यसको पछाडि लाग्न बाध्य छन् ।

नेपाल–भारत सम्बन्धलाई ‘रोटी–बेटी’को नाम दिएर विशिष्ट सम्बन्धको रूपमा अर्थाउने गरिन्छ । दुई राष्ट्रको अन्तर्राष्ट्रिय सम्बन्धलाई यसरी अर्थ लगाउनु सही हो ?
यसका दुईवटा पक्ष छन् । पृथ्वीनारायण शाहको पालादेखि राणा र शाहहरूले भारतका राजा–रजौटाहरूसँग बिहे गर्ने चलन छ । राणाहरूले भारतको राजपुतसँग बिहे गर्थे तर नेपालको राजपुतसँग गर्दैनथे । किनभने रैतीसँग बिहे सम्बन्ध गाँस्ने कुरा भएन । त्यसैगरी मधेसमा पनि बिहे गरेर दिने र बिहे गरेर ल्याउने प्रचलन रहेको छ । त्यसैले यो परम्परा मधेस र पाहाड दुवैमा रहेको छ । मधेसमा चाहिँ अलिक बढी थियो । नेपाल–भारतसम्बन्धमा बेटीको सम्बन्ध यही हो । रोटीको सम्बन्ध कहाँबाट जोडिएको छ भने पहिले पहिले चौगामा भोज भन्ने गरिन्थ्यो । चौगामा भोज भनेको चार गाउँको भोज भनेको हो । त्यहाँ अन्तर्राष्ट्रिय सिमानाको कुनै अर्थ हुँदैन्थ्यो । आजको सन्दर्भमा यो दुवै कुरा कमजोर भएर गएका छन् । भन्नुको अर्थ रोटी–बेटीको सम्बन्ध कमजोर हुँदै गएको छ ।

फिजीकरण नेपालको होइन, मधेसको भइसकेको छ । मधेसमा पहिले पाहाडको जनसङ्ख्या १० प्रतिशत थियो आज एक तिहाई नाघिसकेको छ । जहाँसम्म सिक्किमीकरणको कुरा छ, त्यो यी पाहाडी मूलका नेपाली भाषीहरूले गरेका हुन् । भनेपछि हाम्रा मान्छेले जे गरे त्यही अरूले पनि गर्छन् भन्ने छ र < फेरि अर्को कुरा सिक्किमीकरण गरेर सिक्किमको राम्रो भयो कि नराम्रो भन्ने कुरा सिक्किमेलीलाई सोध्नुपर्यो । तिब्बतलाई चीनले लिएर राम्रो भयो कि नराम्रो तिब्बतीलाई सोध्ने हो ।

मधेसमा उठेको नागरिकताको विषयलाई काठमाडौँमा ‘फिजीकरण’ र ‘सिक्किमीकरण’का रूपमा हेर्ने गरिन्छ, जुन भारतको जनसङ्ख्याको अगाडि चिन्ताजनक नै लाग्छ । यसमा तपाईंको बुझाइ के हो ?
यो सोझै भ्रम सिर्जना गर्न खोजिएको हो । मधेसको नागरिकताको विषय काठमाडौँको स्थायी सत्ताका लागि एटीएम कार्ड हो । जति पटक सीडीओ र अञ्चलाधीश फेरिए त्यति पटक नागरिकता बनाउनुपर्ने । कहिले कसको नक्कली त कहिले कसको नक्कली । बनाई दिने को हो भन्ने बारेमा कुनै सोध खोज छैन । यो विभिन्न बाहानामा पैसा असुली गर्ने माध्यम बनेको छ । नेपालको नागरिकता लिनु अमेरिकाको ग्रिन कार्ड पाउनुभन्दा गारो छ । तपाईं आफै भन्नुस कसैले ग्रिन कार्ड छोडेर नेपालमा बस्न आउला ? तपाईंलाई अझै पनि लाग्छ कि बङ्गाली, बिहारी, सिक्किमेली, गढवाली अथवा उत्तराखण्डी आफ्नो नागरिकता त्यागेर नेपालमा आउलान् ? आजको समयमा संसारको सबैभन्दा धेरै विकास गरिरहेको अर्थतन्त्रमध्येको भारतबाट संसारको १० सबैभन्दा गरिब देशहरूमध्येको एक नेपालमा कोही आउला भन्ने मलाई लाग्दैन ।

फिजीकरण नेपालको होइन, मधेसको भइसकेको छ । मधेसमा पहिले पाहाडको जनसङ्ख्या १० प्रतिशत थियो आज एक तिहाई नाघिसकेको छ । जहाँसम्म सिक्किमीकरणको कुरा छ, त्यो यी पाहाडी मूलका नेपाली भाषीहरूले गरेका हुन् । भनेपछि हाम्रा मान्छेले जे गरे त्यही अरूले पनि गर्छन् भन्ने छ र ? भारतले बरु बङ्गालदेश बनाई दिएको छ । श्रीलङ्का जोगाइ दिएको छ । फेरि अर्को कुरा सिक्किमीकरण गरेर सिक्किमको राम्रो भयो कि नराम्रो भन्ने कुरा सिक्किमेलीलाई सोध्नुपर्यो । तिब्बतलाई चीनले लिएर राम्रो भयो कि नराम्रो तिब्बतीलाई सोध्ने हो । यस्ता मनोगत कुरा उठाएर जनसमूहलाई दास बनाई राख्ने यो भ्रम प्रचार हो ।

मधेस केन्द्रित दलहरू कमजोर हुनु, सीके राउतका समर्थक बढ्दै जानु साथै उनले सशस्त्र युद्ध होइन कि शान्तिपूर्ण आन्दोलन मार्फत नेपालबाट मधेसलाई अलग गर्ने कुरा गर्नुले मधेसको भावि राजनीतिलाई कतातर्फ डोर्याउला ? तपार्इंले यसलाई कसरी हेर्नु भएको छ ? 
सीके राउतको अडान सैद्धान्तिक अडान हो । दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसङ्घको स्थापना हुँदा ४५ देश थिए । पछि ६० भए र अहिले २ सयको हाराहारीमा छन् । ४५ बाट २ सय राष्ट्रहरू बन्ने प्रक्रिया मङ्गलग्रहबाट झरेर बनेको होइन । यहीँका देशबाट स्वतन्त्रता प्राप्त गरेर देश बनेका हुन् । राष्ट्रको निर्माण कसरी हुन्छ ? भन्ने कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ । यसका केही आधार हुन्छन् । जस्तै, पहिलो, केन्द्र निकै कमजोर भयो भने त्यहाँबाट छुट्टिने रहर जाग्छ । दोस्रो, शोषण बढ्यो भने छुट्टिने रहर जाग्छ । (उदाहरणको रूपमा बङ्गालादेश । पाकिस्तानको शोषणले सीमा नाघेपछि बङ्गलादेशलाई स्वतन्त्र हुने बाध्यता जाग्यो ।) तेस्रो, नागरिकलाई सम्मान र समान व्यवहार गरिएन भने छुट्टिने रहर जाग्छ । चौथो, व्यक्तिको महत्वकाङ्क्षाले पनि राष्ट्रको भूगोल बदलिन्छ । जसरी जिन्नाले विश्व मानचित्रमा पाकिस्तान भन्ने देश थपे ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने मधेसको नेपाल राज्यसँग छुट्टिने लगभग सबै कारण विद्यमान छन् । दमनले सीमा नाघेको छ । मधेसीको सम्मान स्थापित छैन । मधेसको दृष्टिकोणबाट हेर्दा केन्द्र निकै कमजोर छ । जसले न मधेसीको सुरक्षा गर्छ न सेवा दिन्छ । साधन, स्रोत र सत्तामाथि खसआर्यको एकाधिकार रहँदै आएको छ । तर पनि मधेसलाई स्वतन्त्र हुन नदिने तीन कारण छन् । पहिलो, नेतृत्वको कमी । सीके राउतमा मोहम्मद अलि जिन्नाको जति लौह निश्चय देखिँदैन । दोस्रो, भूराजनीति । कुनै पनि राष्ट्र स्वतन्त्र हुनका लागि भूराजनीति निर्णायक हुन्छ । भारतले चाह्यो बङ्गालदेश बन्यो । भारतले चाहेन तमिल इलम बनेन । अस्टे«लियाले चाह्यो इस्टटिमोर छुट्टियो तर कसैले पनि साथ दिएनन्, इन्डोनेसिया, फिलिपिन्स यथावत छन् । बेलायतले चाह्यो मलेसियाबाट शन्तिपूर्ण ढङ्गले सिङ्गापुर निस्कियो । तर त्यस्तै अवस्था बेलायत, इटली अथवा जर्मनीमा हुँदाहुँदै पनि सम्भव देखिएको छैन ।

त्यसैले मधेसको पक्षमा भूराजनीति छैन । भारत आफ्नो दुइटा मुटु उत्तरप्रदेश र बङ्गाल नजिकै छुट्टै देश चाहँदैन । ऊ आफूप्रति निकै बफादार सेना गोर्खाली पल्टनमा टाउको दुखाइ चाहँदैन । त्यसैले भारत स्वतन्त्र मधेसको पक्षमा हुँदैन । चीन पनि स्वतन्त्र मधेसको पक्षमा छैन । पश्चिमाहरूको सोझो कुरा छ । जे कुरा भारत र चीन चाहँदैनन्, उनीहरू पनि त्यो कुरा चाहँदैनन् । तेस्रो, आर्थिक स्रोत । मधेस राष्ट्र हुनका लागि त्यसको बलियो आर्थिक स्रोत हुनुपर्छ । मधेसमा इराकको जस्तो तेल अथवा सेरालियोनको जस्तो हीराको खानी भएको भए अमेरिकीहरूले उहिलै स्वतन्त्र राष्ट्र बनाई दिइसकेका हुन्थे । किनभने मधेसलाई नेपाल राज्यसँग बस्नुपर्ने कुनै कारण छैन । सेना, प्रहरी, प्रशासन, सत्ता, मिडिया कहीँ पनि उनका आफ्ना मान्छे छैनन् । हरेक दृष्टिकोणले मधेसको नेपालसँग न अपनत्व छ, न यो राष्ट्रसँग ममत्व छ । मात्र एउटा दासले मालिकप्रति देखाउनुपर्ने समपर्ण भावबाहेक केही छैन ।

अहिले मधेसवादीले भनेको कुरा– हामी निर्वस्त्र भयौँ, एउटा लँगौटी देऊ हामी मधेसलाई सम्झाउँछौँ भनेको हो । संविधान संशोधन मार्फत मागेको त्यति एउटा लँगौटी हो । तर नेपालको सत्ताले होइन, तँ नाङ्गै जा भनेर पठाइदियो । हामीसँग विकल्प भएन भने पहिले विजय गच्छदार फेरि उपेन्द्र यादव र अहिले सबै मधेस केन्द्रित दल नाङ्गै मधेस झरे ।

आजको विश्वका पुँजीवादीहरू नफासहितको स्वतन्त्रतामा लगानी गर्छन् तर नाफा नआउने ठाउँमा चाँसो समेत गर्दैनन् । त्यसैले विश्व पुँजीवादलाई पनि मधेसको स्वतन्त्रतामा रुचि छैन । यी सबै कुराबाट मधेसका अगाडि अमेरिकी अर्थशास्त्रीले भनेझै तीनवटा विकल्प देखिन्छन् । पहिलो, सत्तासँग बफादारी देखाउने । बफादारीता देखाए बापत दुई छाक खान कुकुरले पनि पाउँछ, मधेसीले पनि पाउँछन् । दोस्रो, एक्जिट हो । बाहिर निस्कने । धेरै मधेसी यो प्रक्रियामा दिक्क मानेर विदेशिएका छन् । तेस्रो, आवाज बलियो पार्ने । आवाज बुलन्द गर्ने काम विगत एक सय वर्षदेखि चलिआएको छ । तर पटक पटक यसलाई दबाउने काम भइआएको छ । यस पटक पनि मधेसी जनताको आवाज दबाइएको छ । तर आवाज बुलन्द गर्ने काम जनताको उनीहरू आवाज बुलन्द गरिरहन्छन् । यी तीन विकल्पमध्ये कुनैले काम गरेन भने अन्तिम विकल्प भनेको विद्रोह हो । जुन विद्रोहको बाटोमा डा. सीके राउत हिँड्दै छन् । रह्यो शान्तिपूर्ण अथवा सशस्त्र भन्ने कुरा त्यो त उपाय मात्र हो । यदि उद्देश्य विद्रोह हो भने उपाय परिस्थितिले जन्माउँछ ।

जसरी मधेस आन्दोलनका आयाम अगाडि आउँदै छन्, तिनको सम्बोधन गर्न के गर्नुपर्ने देख्नु हुन्छ ?
अहिले मधेसवादीले भनेको कुरा– हामी निर्वस्त्र भयौँ, एउटा लँगौटी देऊ हामी मधेसलाई सम्झाउँछौँ भनेको हो । संविधान संशोधन मार्फत मागेको त्यति एउटा लँगौटी हो । तर नेपालको सत्ताले होइन, तँ नाङ्गै जा भनेर पठाइदियो । हामीसँग विकल्प भएन भने पहिले विजय गच्छदार फेरि उपेन्द्र यादव र अहिले सबै मधेस केन्द्रित दल नाङ्गै मधेस झरे । यो घटनाले केन्द्रमा र मधेसमा कसैलाई पनि नाङ्गिनबाट बचाउन सकेन । यसले मधेसीको घाउमा नुन–चुक दल्ने काम भएको छ । यसले घाउ झनै बल्झिने हो । अझै पनि मधेसको मूल मुद्दा नागरिकता, भाषाको सम्मान र प्रतिनिधित्व नै हो । यो कुरा पुरा नभएसम्म यो चरणको आन्दोलनले सही निकास पाउँदैन । सभार रातो पाटी


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here