भोजपुरी भाषा, संस्कृति र पहिचानको लागि पत्रिकाको महत्वपूर्ण योगदान -बिधायक मंजुर अंसारी

286

Share
  •  
  •  
  •  
वीरगंज २३ साउन । पर्सा क्षेत्र नं. ३ का बिधायक अब्दुल रहिम अंसारी (मञ्जुर)ले पहिचान र संघियताको लागि भएको ऐतिहासिक मधेस आन्दोलनमा यहाँका सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ ।
मध्य तराईको वीरगंजबाट प्रकाशित हुदै आएको भोजपुरी टाइम्स दैनिक पत्रिकाको आज चौथो वार्षिकोत्सव समारोहको उदघाटन गर्नु हुदै प्रमुख अतिथि  मंजुर अंसारीले अन्य प्रदेशको तुलनामा दुई नम्बर प्रदेशको आफ्नै विशिष्टा रहेको भएपनि यस प्रदेशलाई अगाडि बढन नदिन पुरातन खसवादी सोंच भएका कर्मचारीहरु लागि रहेकोले त्यसलाई चिर्दै प्रदेशको आर्थिक सामाजिक र सांस्कृतिक विकासका लागि सञ्चारकर्मीहरुको भुमिका अझ पेचीलो हुनु पर्ने उल्लेख गर्नु भयो । २ नं. प्रदेशको इज्जत सान, मान र प्रतिष्ठालाई बचाउन भोजपुरी दैनिक पत्रिकाको योग्दान महत्वपूर्ण रहको चर्चा गर्नु हुदै बिधायक अंसारीले यहांको भोजपुरी सञ्चारमाध्यम भाषा, संस्कृति प्रति आफ्नोपन रहेकोले यसको उचाईको लागि आफनो तर्फबाट र प्रदेश नं. २ सरकारबाट हुने महत्पूर्ण सहयोग गर्ने उदघोष गर्नु भयो ।
बिधायक प्रहलाद गिरीले यहाँको भोजपुरी कला, संस्कृतिको विकासको लागि सम्पूर्ण भोजपुरी भाषीहरुको उतिकै योगदान हुनु पर्ने भएपनि भोजपुरीको विकासमा यहाँका सरोकारवालाहरुले खासै चासो नदेखाएकोमा चिन्ता व्यक्त गर्नु भयो । बिधायक गिरीले पत्रिकाको क्षमताको विकासका लागि आफु भरमग्दुर लागि पर्ने समेत उल्लेख गर्नु भयो ।
वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले यहाँको भोजपुरी भाषा, कला, साहित्य, संस्कृतिसँग आफु जनमेदेखि नै जोडिएकोले यसको समग्र विकासको लागि आर्थिक, सामाजिक हरेक दृष्टिकोणले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियार मन्टुले पर्सा जिल्लाबाट प्रकाशित भोजपुरी टाइम्स दैनिक पत्रिकाको उत्थानको लागि कार्यालयबाट हुन सक्ने जस्तोसुकै सहयोग पनि गर्न पछि नपर्ने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराले प्रदेश नं. २ कै वीरगंजबाट प्रकाशित हुदै आएको एकमात्र भोजपुरी दैनिक पत्रिका विभिन्न चुनौतीका बावजुद पनि निरन्तर प्रकाशित भइरहेको र यसले यहाँको भाषा, संस्कृतिलाई उजागर गर्ने कार्य गरिरहेकोले यो पत्रिकाको संस्थागत विकासको लागि यहाँका औद्योगिक प्रतिष्ठान, सरकारी निकायहरुले सानै भए पनि विज्ञापन दिएर सहयोग पु¥याउनु पर्नेमा जोड दिनु भयो । समारोहमा पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुन, नेपाल परिवार दल पर्साका अध्यक्ष पलटन पटेल, सामाजिक अभियनता ओमप्रकाश सर्राफ, इश्वर यादव, शेख मुन्ना, समसेद अख्तर, आर.सी. यादव, सरोज चौरसिया लगायतकाले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
पत्रिकाका प्रकाशक अजय कुमार चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाका संवाददाता, लेखक, साहित्यकार, सहयोगी लगायतलाई कदर पत्र सहित सम्मान गरिएको थियो । सो अवसरमा वीरगंज महानगरपालिका वडा नं. २४ अठराहा सुगौलीका ५० वर्षिय अपाङ्ग चन्द्रावती देवीलाई ह्विल चेयर प्रदान गर्नुका साथै उनका छोरा शिवसंकर पटेललाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । ओमप्रकाश गिरीले सञ्चालन गर्नु भएको कार्यक्रममा स्वागत मनतव्य कार्यकारी सम्पादक श्रवण प्रसाद साहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here