×

बारा १५ साउन जितपुरसिमरा उपमहानगरपालिका का ब्यपारी ललन साहको छोराको अपहरण गरी हत्या भएपछि मंगलबार पिडीत परिवारसंग भेटघाटको क्रममा प्रदेश न. २ को भौतिक पुर्वाधार बिकास मन्त्री माननीय जितेन्द्र सोनलले बताएका छन् ॥बारामा पिछल्लो समय अपराधीक घटना बढ्दै गएको पर्ति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ॥ सोमबार संसदमा हत्याको छानवीनमा बारे जोडदार माग उठाएका प्रतिनिधि सभा सदस्य सांसद एकवाल मियाले पिडित परिवारलाई आस्वासन दिदै सत्य तथ्य चाडै सार्वजनिक गर्न पहल गरिरहेको बताए । यस घटनाको अनुसन्धान बारेमा जिल्ला प्रशासन कार्यालय तथा पर्हरीसंग सक्दो चाँडो बसेर छलफल गरिने जिल्ला समन्वय समिति बारा प्रमुख नवल किशोर सिंहले बताए । उक्त भेटघाटको क्रममा राजपा बारा अध्यक्ष मण्डलका सयोजक महेन्द्र मण्डल जितपुर स्थानीय लगायत राजपा बाराका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Back to top