×

बीरगंज ६ साउन शनिवार काठमाण्डौंमा नेपाली काग्रेसले निकालेको जुलुसमा सकारले दमन गरेको भन्दै नेपाल तरुण दल पर्सा वीरगंज सरकार विरोधी प्रदर्शन गरेको छ ।

काठमाण्डौमा शनिवार प्रहरीसंगको झडपमा दलका नेता जीतजंग बस्नेत सहित प्रर्दशनकारीहरु घाइते भएका थिए । सरकारी दमनको प्रतिरोधमा दलले देश भरिनै बिरोधका कार्यक्रम गर्ने निर्णय गरेको थियो । केन्द्रिय निर्णय अनुसार पर्सा तरुण दलले प्रदर्शन गरेको नेताहरुले वताएका छन् ।

जिल्ला सचिव बिबेक चौरसियाको नेतृतवमा निस्केको बिरोध जुलुस जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर समापन भएको थियो । समापन कोण सभामा नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य सुधीर पटेल तरुण दलका केन्द्रीय सदस्य नविन सिंह लगायतका नेताहरुले सरकारी दमनको निन्दा गरेका थिए ।

कार्यक्रममा तरुण नेताहरु शहरुम राउत गद्धी साविर ऐराज,हुकुम सिंह बिद्यार्थी नेताहरु बिश्वास द्विवेदी,बद्री तिवारी मनोज साह बिकेश पटेल लगायतको सहभागिता रहेको थियो ।

[video width="400" height="224" mp4="http://yatradaily.com/wp-content/uploads/2018/07/37342798_210020206372696_6372959893569142784_n.mp4"][/video]

Back to top