×

वीरगंज ३० असार प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीकी आमा राधिकादेवीको शनिवार मुस्लिम परम्परा अनुसार दाहसंस्कार गरिएको छ । गद्दीको पैतृक गाउँ जगरनाथपुर गाउँपालिकाकामा शनिवार बिहान १० बजेर जनाजाको नमाज पढेर १० बजेर ३० मिनेटमा गाउँ नजिकै रहेको क्रर्बमा समाधी दिइएको थियो ।

समाधी स्थलमा मुख्यमन्त्री लालबाबु राउत गद्दी, उनका भाई रामबाबु राउत गद्दी, बुवा दशरथ राउत गद्दीले राधिकादेवीको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

राधिका गद्दीलाई अन्तिम श्रद्धाज्जली दिनका लागि राष्ट्रिय जनता पार्टी ९राजपा० प्रदेश २ का संसदीय दलका नेता जितेन्द्र सोनल, विधायकहरु सिंहासन साह कलवार, प्रल्हाद गिरी, मञ्जुर आलम अन्सारी, जनन्त अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी, जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँ, राजपाका केन्द्रीय सदस्य रमातुल्लाहा खाना, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी र वीरगन्जका उधोगपतीहरुको समेत लगायतका व्यक्तिहरु क्रर्ब स्थलमा उपस्थि रहेका थिए ।

Back to top