×

बीरगंज २९ असारर हिन्दू युवा परिसद पर्साले आज बीरगंजको प्रसिद्ध राधेमाई मन्दिर बृहत सरसफाई गरेको छ। बीरगंज महानगरपालिका बड़ा न.१३ राधेमाईमा रहेको मन्दिरलाई हिन्दू परिसद नेपालका अगुवानेता,कार्यकर्ता,नेपाल प्रहरी,मन्दिर व्यवस्थापन समितिका सदस्यहरुले सरसफाई गरेका थिए। हिन्दू युवा परिसद पर्साका अध्यक्ष अखलेश साहको सभापतित्वमा भएको कार्यक्रममा हिन्दू परिसद नेपालका केन्द्रीय अध्यक्ष संतोष पटेल,सचिव सुरेश साह कानू, कोषाध्यक्ष संजय सरार्फ,प्रदेश न।२ को अध्यक्ष सचितनन्द दुबे,नारायणी अंचल अध्यक्ष हरेन्द्र बाबा,बड़ा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक कुमार मैनाली,मन्दिर संचालन समिति सदस्य राजकुमार चौधरी, नेपाल युवा बिकास सहयोग मंचका अध्यक्ष नरेश पटेल,हिन्दू परिसद नेपाल पर्सा जिल्ला कोषाध्यक्ष रेखा घिमिरे,युवा परिसद पर्सा उपाध्यक्ष राजकुमार साह, सचिव प्रभात सिंह, सदस्य रूपेश रौनियार,युवा परिसद बिरगंग नगर अध्यक्ष रंजीत चौरसिया, कोषाध्यक्ष सौरभ कर्ण लगायतका को सहभागिता रहेको थियो।

Back to top