मुख्यमन्त्री लालबाबु राउतलाई मातृशोक

974

Share
  •  
  •  
  •  

वीरगन्ज २९ असार प्रदेश नं.२ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई मातृशोक परेको छ । मुख्यमन्त्री गद्दीकी आमा राधिकादेवी राउत गद्दीको आज ७५ बर्षको उमेरमा निधन भएको हो । उहाँको वीरगञ्जस्थित आफनै निवासमा निधन भएको हो । उहाँ विगत लामो समयदेखि मधुमेय र मुटुसम्बन्धी समस्याबाट ग्रस्त हुनुहुन्थ्यो । उहाँलाई अन्तिम संस्कारको लागि आजै पैतृक गाँउ पर्साको जगन्नाथपुर लाने र भोली विहान ९ बजे मुश्लिम परम्परा अनुसार अन्तिम संस्कार गरिने मुख्यमन्त्री राउतका स्वकीय सचिव दिपक यादवले जनाएका छन । मृतका राउतका २ छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा लालबाबु राउत प्रदेश नं. २ को मुख्यमन्त्री हुनुहुन्छ भने कान्छो छोरा रामबाबु राउत कृषक हुनुहुन्छ । यात्रा डेली परिवार स्वर्गीय आत्माको चीर शान्तिको कामनासहित शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here