×

पर्सागढि, असार २९ - पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम समपन्न भएको छ । सहयोगी नेपाल पर्साको आयोजना तथा पर्सागढी नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा स्थानीयहरुले बाढी पहिरोको विषयलाई प्राथमिकताका साथ उठाएका थिए । वर्षतको समयमा डुबान भएका क्षेत्रहरुमा नगरपालिकाले बाध बनाउनुपर्ने र भत्केका सडक, पुल, सार्वजनिक संरचनाहरुमा मर्मत सम्भारका कामहरु गनुपर्ने नगरपालिका समक्ष स्थानीयहरुले माग राखेका थिए ।

वडा नम्बर ८ का वडा अध्यक्ष किसुनदेव प्रसाद यादवको अध्यक्षतामा विहिबार भएको कार्यक्रममा पर्सागढीको पर्यटकीय क्षेत्र जिल्लाकै लागी गर्वगर्न सक्ने खालका भएकाले यहाँको मठ, मन्दिरको सहि व्यवस्थापन गर्नुपर्ने र भौतिक पुर्वाधारको विकास गरी आन्तरीक तथा बाहय पर्यटक भित्रायाउनुपर्नेमा स्थानीय देवप्रसाद निरौलाले जोड दिएका थिए । खासगरी कृषि कर्ममा अधारीत रहेको यस नगरपालिकामा कृष्कका लागी दिर्घकालिन योजनाहरु कार्यन्यवन गराउन सबै एकजुट हुनुपर्नेमा अर्का स्थानीय कृष्क योगेन्द्र साहले जोड दिएका थिए ।

पर्सागढीका नगर प्रमुख लोकनारायण यादवको प्रमुख अतिथ्यमा समपन्न कार्यक्रममा स्थानीयवासिको जवाफदिदैँ उनले सबै क्षेत्रको विकासका लागी नगरपालिका प्रतिबद्ध रहेको बताएका थिए । उनले नेपाल सरकारको सिमित बजेटले सबै क्षेत्र एकैपल्ट विकास गर्न सम्भाव नरहेको भन्दै क्रमशः सडक, कृषि, पर्यटन र भौतिक पुर्वाधारको अवस्थामा पनी सुध्रिदै जाने बताएका थिए । दैवि प्रकोपका लागी नगरपालिकाले तत्काल र दिर्घकालिन गर्न सक्ने कामहरु गर्दै आएको मेयर यादवले जानकारी समेत गराएका थिए ।

कार्यक्रममा उप प्रमुख अर्चना चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष केसि लामिछाने, पर्सागढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद लमसाल लगायतकाले सार्वजनिक सुनुवाईमा मन्त्व्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सञ्चारकर्मी तथा आर्थिक पत्रकार संघका संस्थापक अध्यक्ष रितेश त्रिपाठी, आशु सरार्फ, नगरपालिकाका ९ वटै वडाका वडा अध्यक्ष, स्थानीय, कर्मचारी, शिक्षक, बुद्धिजिवि, राजनितिक दलका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले गरेका थिए ।

Back to top