×

वीरगन्ज, २९ असार ग्रामिण क्षेत्रको विकासका लागि संचारकर्मीले कलम चलाउन आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले धारणा व्यक्त गरेका छन । फेस नेपाल प्रा।लीले आज वीरगन्जमा आयोजना गरेको “ग्रामिण क्षेत्रको विकासमा संचारकर्मीको भुमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागि रहेका वक्ताहरुले तीन तहको निर्वाचन सम्पन्न भएपनि स्थानिय सरकारले गरेका काम कार्यवाहीको निगरानी गर्दै ग्रामिण क्षेत्रमा रहेको जनताको जिवन स्तरलाई उकासन गरिएको गतिविधीको सुक्षम निगरानी संचारकर्मीहरुले गर्न आवश्क रहेको वक्ताहरुले बताएका छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं। २ का अध्यक्ष दीपेन्द्र चौहानले सहरमुखी पत्रकारिताबाट माथि उठी ग्रामिण भेगका जनताको समस्यालाई राज्यसमक्ष ल्याउन संचारकर्मीले भुमीका खेल्नु पर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले ग्रामिण भेगमा विकास कार्यमा हुने भ्रष्टाचार देखी सर्वसाधारणले भोगनु परेको पिडा वारे संचारकर्मीलाई कमल चलाउन आग्रह गर्नुभयो।

स्थानिय सरकार निर्वाचन मार्फत ग्रामिण भेगमा स्थापित भएपनि जनताले स्थानिय सरकारको अनुभुति गर्न नसेकेको र राज्यले विकास कार्यका लागि पठाएको बजेट समेत दुरुपयो भइरहेकाले त्यस तर्फ संचारकर्मीहरुले कलम चलाउन आवश्यक रहेको अधयक्ष चौहानले टिप्पनी गर्नुभयो ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ प्रदेश नं। २ का उपाध्यक्ष केसि लमिछानेले ग्रामिण भेगका किसानले भोग्नु परेको सिचाइ तथा मलको समस्यालाई उजागर गर्नुको साथै स्थानिय तहबाट विकासको नाममा भइरहेको भ्रष्टाचारको अनुगन संचारकर्मीहरुले गर्न आवश्यक देखिएको धारणा व्यक्त गर्नुभयो । उहाँले पूर्वधार विकासमा भएको अनियमित्ता, बजेटको दुरुपयो देखी किसानको समस्यामा कलम चलाउन आजको प्रमुख अवस्यक्ता रहेको प्रस्ट पार्नु भयो ।

फेस नेपाल प्रा।लीका प्रबन्ध निर्देशक गणेश ठकुरीको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाल कम्युनिष्ट पार्टीका नेता बाबुराम कौशिक, राजपाका केन्द्रिय सदस्य नेजामुदिन समानि,संघीय समाजवादी फोरम नेपाल पर्साका कार्यवाहक अध्यक्ष सुन्दर कुर्मी लगायतका वक्तहरुले अबको पत्रकारिता सहरमुखी नभई गाँउमुखी हुनु पर्ने धारणा व्यक्त गर्नु भयो। कार्यक्रमको संचारलन संचारकर्मी आरके पटेलले गर्नुभएको थियो ।

Back to top