×

मुम्बई । बलिउड अभिनेत्री दिशा पटानीले करिअरमा निकै ठूलो छलाङ मारेको चर्चा बलिउडमा सुरु भएको छ । जब उनी सलमान खानको फिल्म ‘भारत’मा मुख्य भूमिकामा अनुबन्धित भइन् तब उनको चर्चा चुलिएको हो ।

यतिवेला दिशा पटानी मुम्बईको एक सर्कसमा तालिम लिइरहेको पनि भारतीय मिडियाले उल्लेख गरेका छन् । अली अब्बास फफरको फिल्म भारतमा दिशाको भूमिका ‘ट्रिपिज आर्टिस्ट’को छ । यसैका लागि उनी सर्कसघरमा गएर तालिम लिइरहेकी हुन् ।

दिशा पटानीलाई यतिले मात्रै नपुग्ने पनि अनुमान गरिएको छ । दिशाको तालिम पूर्ण गर्न अलीले ट्रिपिज आर्टिस्टलाई बोलाउने भएका छन् ।

१४ जुलाईबाट उनले हरेक दिन ६ घन्टा तालिम लिनुपर्नेछ । दिशाले फिल्म भारतका लागि अनेकौँ हैरान पार्ने खालका स्टन्ट गर्नुपर्ने निर्माण पक्षले खुलाएको छ । फिल्म भारतमा कैयौँ कालखण्डको कथालाई समेटिने बताइएको छ । एजेन्सी

Back to top