×

काठमाडौं, २८ असार गए रातिदेखि परेको भीषण वर्षाका कारण भक्तपुर र मध्यपुर डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने भूकम्पपीडितको शिविर डुबानमा परेको छ ।

यता मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका बस्ती पूरै डुबानमा परेका छन् । मध्यरातिदेखि सयौँ घर डुबानमा परेपछि यहाँका बासिन्दा आत्तिएका छन् । अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानियको सहयोगमा डुबानमा परेकाको उद्धार कार्य जारी छ ।

Back to top