×

वीरगंज, २८ असार आज बसेको संघिय संसदको बैठकमा बोल्दै सांसद हरिनरायण रौनियाले पर्साको दुधेश्वर महादेव मंन्दिरमा मेला लाग्न नदिए ठुलो मुडभेड हुने चेतावनी दिएका छन ।

संघिय समाजवादी फोरम नेपालका सांसद हरिनरायण रौनियाले पर्साको निकुंञ्ज भित्र वर्षौ पुरानो ऐतिहासिक दुधेश्वर महादेव मंन्दिरमा श्रावण महिना लागने मेलालाई पर्सा निकुंञ्ज र जिल्ला प्रशासन कार्यालय पर्साले रोक लगाउने भनेपछि आज बसेको संघिय संसदको बैठकमा बोल्दै सांसद रौनियाले सावण महिना दिन्हु ५० हजार भन्दा वडी भक्तजन वर्षौ पुरानो ऐतिहासिक दुधेश्वर महादेव मंन्दिरमा जल चढाउन आउने गर्छन र त्यहा मेला लागने गरेको छ अहिले आएर वर्षौ पुरानो ऐतिहासिक दुधेश्वर महादेव मंन्दिरमा मेला लाग्न नदिने पर्सा निकुंञ्ज र जिल्ला प्रशासन पर्साले भनेकोमा आपति जनाउदै संघिय संसदको बैठकमा रौनियाले विरोध जनाएका छन । यता पर्सा राष्ट्रिय निकुंञ्ज भित्र वर्षौ पुरानो ऐतिहासिक दुधेश्वर महादेव मंन्दिरमा वर्षमा ३ पटक माधे पंचमी,बैशाख त्रयोदशी र श्रावण महिना भरी मेला लाग्दै आएको परम्परा रहेको छ । गत शनिबार पर्साका पर्साका जिल्ला प्रमुख अधिकारी लोकनाथ पौडेल, पर्सा २ राष्ट्रिय निकुंञ्ज प्रमुख संरक्षया अधिकृत हरिम प्र अर्चाय, शस्त्र प्रहरी उपरिक्षक प्रेम दोज साह, पटेर्वा सुगौली गा.पा.का .प्रमुख हरिनरायण चौधरी र मेला ब्यवस्थापन समिती लगायतको टोलीद्वारा अनुगमन भएको छ । पर्सा राष्ट्रिय निकुंञ्जका प्रमुख हरिभद्र अर्चायको भनाई पर्सा राष्ट्रिय निकुंञ्ज भित्र मेला लगाउदा जगली जिव जनावरले आफनो वासस्थान छोडी अन्यत्रै गई चोरी सिकारी हुने गरेको साथै तिर्थधाम जाने भक्तजनको आवागमन जिउ जनावरको फन्दामा परि अकालमा मृत्यु प्रमुख कारणले मेला अगामी दिनमा चरभैया पोष्ट र सोनवर्षा विच पर्ने राष्ट्रिय वनमा मेला लगाउने र दर्शन गर्नमात्र महादेव मन्दिर जाने सम्बन्धमा सरोकारवाला निकायहरु त्यारीमा रहेको अर्चायले बताए ।

[video width="640" height="640" mp4="http://yatradaily.com/wp-content/uploads/2018/07/2-Facebook.mp4"][/video]

Back to top