×

बारा २७ असार । जितपुर सिमरा उपमहानगरपालिकाले जितपुर बजारमा लाग्ने चौपाया बजारको ठेक्का जेष्ठ २५ गते टेण्डर आह्वान गरेको थियो ।

आषाढ २५ गते सो टेण्डर बढी रकम कबुल गरेकोमा अमित ठेक्कापट्टा प्रा.ली वीरगंजलाई परेको छ । अमित ठेक्कापट्टा प्रा.ली वीरगंजलाइ परेपछि केही षडयन्त्रकारीहरु सो ठेक्का रद्द गराउन लागिको जितपुर सिमरा उपमहानगरपालिकाका पदाधिकारीहरुलाई भड्काइएर ठेक्कापट्टा रद गराउने प्रयास केहि ब्यक्तीहरु लागिपरेका छन श्रोतले बताएको छ ।

४ जनाले सो टेण्डर भरेका थिए त्यसमा सब भन्दा बढी अमित ठेक्कापट्टा प्रा.ली. वीरगंज–१७ का राजेश प्रसाद यादवले २३ लाख ११ हजार १ सय १ रुपैयाँ हालेपछि परेको थियो । तर केही पाडा व्यापारीहरु वीरगंजको मान्छेलाई किन दिने जितपुरको मान्छेले नै यो ठेक्का पाउनु पर्छ भन्दै गैर कानूनी रुपमा जितपुर सिमरा उपमहानगरपालिकाका पदाधिकारीहरुलाई भड्काउने प्रयासमा लागेका छन् ।

Back to top