×

वीरगन्ज २६ असार पर्साको वीरगञ्जका एक व्यवसायीको हत्या आरोपमा प्रहरीले तीन जना युवालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले हाेहल्ला गरेकाे अाराेपमा नियन्त्रणमा लिएका दुर्इजनाले हत्याकाे रहस्य खाेलेका हुन्। प्रहरीले पक्राउ गरेर साेधपुछ गर्दा दुबैजना बीरगञ्जका ब्यापारीकाे हत्यामा समेत स‌लग्नता रहेकाे खुलेकाे थियाे।

वीरगञ्ज–८ स्थित गहवा टोलका पशुपति बैण्ड सञ्चालक ५५ वर्षीय भिखारी रामको हत्या अभियोग लागेका कलैयाका ४० वर्षीय महजिद मिया हजाम, कास्की लेखनाथका २९ वर्षीय विजय नेपाली र सर्लाही बरहथवाका ४२ वर्षीय भरत नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।

असार १० गते वीरगञ्जको गहवाटोलको भित्रि गल्लीमा वादविवाद हुँदा महजिद मिया हजामले भिखारीको टाउकोमा ढुंगाले हानी हत्या गरेका प्रहरीले जनाएको छ। मृतक भिखारीको खल्तीमा रहेको मोबाइल र भरत र विजयले लुटेर लगेको प्रहरीको भनाइ छ।

पर्सा प्रहरीले खोजतलासका क्रममा हजामलाई सोमबार वीरगञ्ज–२ बाट तथा भरत थापा र बिजय नेपालीलाई असार १८ गतेका घण्टाघरबाट पक्राउ गरेको हो।

सार्वजनिक स्थानमा होहल्ला गरेर अशान्ति मच्चाएको आरोपमा पक्राउ परेका थापा र नेपाली ब्यक्ति हत्यामासमेत संलग्न भएको खुलेको र थप अनुसन्धान अघि बढाएको पर्सा प्रहरी प्रमुख एसपी रेवती ढकालले जानकारी दिए।

Back to top