×

वीरगञ्ज, २६ आषाढ प्रदेश नं. २ का प्रदेश सभा सदस्य ओमप्रकाश शर्माको उपस्थितिमा आज वीरगञ्जको इनर्वामा निर्माण भईरहेको श्री दुर्गा सेवा सदन धर्मशाला भवनको छत ढलानको काम भएको छ । उक्त भवनको ढलान कार्य प्रदेश सभा सदस्य शर्माले शिलान्यास गरी आरम्भ गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य शर्माको सक्रियतामा निर्माण भइरहेको धर्मशाला भवनको लागत ५० लाख रहेको छ । धर्मशाला निर्माण भए पछि ग्रामीण क्षेत्रबाट वीरगञ्ज आउने तर फर्कन नसक्ने भए पछि सहुलियत सहित सुरक्षित वासको लागि तथा विवाह, व्रतबन्ध आदि उत्सवका लागि सहज हुने प्रदेश सभा सदस्य शर्माले बताउनुभयो ।

Back to top