×

वीरगन्ज २० असार धनुषाका विदेह नगरपालिकाले नयाँ सडक निर्माण तथा विस्तारका लागि मंगलबार ३५ लाख ९९ हजार मूल्य पर्ने डोजर खरिद गरेको छ ।नगरपालिका भित्रका बाटोघाटोको अवस्था सुधारका लागि आफूले किन्ने गाडिको रकमले डोजर खरिद गरेको मेयर बेचन दासले बताए । उनले भने–‘नगरपालिकाको काम अनुगमन तथा निरीक्षण मोटरसाईकलबाट पनि भ्याएको छु । अहिले तत्काल नगरपालिकालाई मेरो गाडि भन्दा डोजरको आवश्यकता रहेको छ ।’नगरपालिका भरिको बाटोघाटो निर्माणका काम सम्पन्न गरिसकेपछि मात्र मेयर उप—मेयरले गाडि किन्ने दासले बताए ।

नगरपलिकाले आफ्नै डोजर किनेपछि गाँउ टोलको सडक बन्ने सपना साकार हुने देखिएकोमा खुसी छन् स्थानीय दुःखी मण्डल ।

Back to top