×

वीरगंज २० असार विरगंज महानगरपालिका अन्तर्गत न्यायीक समितीमा फाेरमकाे कबजा भएको छ । समितिको सदस्यका लागि भएको निर्वाचनमा तुफयल अख्तरले ९२ मत, बैजन्तिमाला देवीले ७६ मत ल्याई विजयी भएका छन भने जतन राउत कुर्मीले ६९ मत र कनिका कौसिकले २१ मत र मनोजा चौधरीले ८ मत प्राप्त गरी पराजित हुनु भएको छ । यस अघि सो समितिमा अरविन्द गुप्ता र बैजन्ति माला देवी न्यायिक समितिका सदस्य रहनु भएको थियो ।

Back to top