×

वीरगन्ज १७ असार न्यू बिजनेश एज प्रालिले आयोजना गरेको ‘चौथो न्यू बिज बी–स्कुल रेटिङ–¥याङ्किङ अवार्ड’मा एबीएस र प्रदेश २ मा सर्वोत्कृष्टसहित सर्वाधिक उपाधि जित्न सफल भएको वीरगञ्ज पब्लिक कलेज (बीपीसी)ले खुशीयाली मनाएको छ । कलेजले वीरगञ्जमा एक कार्यक्रम आयोजना गरी उपाधि जितेकोमा खुशीयाली साटासाट गरेको खुसी सो अवसरमा वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले बीपीसीले व्यवस्थापन शिक्षाको क्षेत्रमा उच्च योगदान पु¥याएको भन्दै यो कलेजले पाएको उपाधि वीरगञ्जकै लागि गौरवको विषय भएको बताए । प्रमुख सरावगीले शिक्षा क्षेत्रमा चरम राजनीतिका कारण शिक्षाको स्तर खस्किएको दाबी गर्दै शिक्षामा अनावश्यक राजनीतिक हस्तक्षेप हटाउने प्रतिबद्धता पनि व्यक्त गरे । उद्योगी एवम् अर्थरानीतिक विश्लेषक जगदीशप्रसाद अग्रवालले न्यू बिजनेश एजले व्यवस्थापन कलेजलाई पहिचान दिने काम गरेकोमा सराहना गरे । बीपीसीले आफूले प्राप्त गरेको उपलब्धिलाई कायम राख्दै थप दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने उनले बताए । न्यू बिजनेश एजका ब्युरो प्रमुख ओमप्रकाश खनालले न्यू बिजनेश एज सञ्चार गृह भएर पनि समाचारमूलक सामग्री प्रकाशनको नियमित दायित्वमा मात्र सीमित नभएको बताए । देशको अपेक्षित उन्नतिमा सञ्चारगृह र सरोकारका अन्य क्षेत्रबीच रचनात्मक सहकार्यको आवश्यकता औल्याउँदै न्यू बिजनेश एजले सन् २०११ देखि यस्ता कार्यक्रम गर्दैआएको खनालले उल्लेख गरे । न्यू बिजनेश एजले उत्कृष्ट औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, व्यवस्थान कलेज र विज्ञापन एजेन्सीहरूलाई अवार्ड प्रदान गर्दैआएको खनालले बताए । मुलुकको समृद्धि अभियानमा सहभागी क्षेत्रलाई पहिचान र प्रोत्साहनका लागि आयोजना गरिएका यस्ता कार्यक्रमका आयाम भविष्यमा अझ विस्तार हुनसक्ने पनि उनले बताए । बीपीसीका कार्यकारी निर्देशक डा. दीपक शाक्यले न्यू बिजनेश एजले प्रदान गरेको अवार्ड वीरगञ्जका लागिमात्र नभएर मोफसलकै लागि गौरवको विषय बनेको बताए । बीपीसीले सर्वाधिक अवार्ड जित्नुलाई व्यवस्थापन क्याम्पस सञ्चालनमा २०५७ सालदेखिको निरन्तर लगनशिलता र सङ्घर्षको परिणाम भएको दाबी डा. शाक्यले गरे । उनले पुरस्कारले शिक्षाको गुणस्तरलाई अझ उचाईतिर लैजाने दायित्व थपिएको पनि बताए । कार्यक्रममा पूर्व सांसद् राजेन्द्रबहादुर अमात्य, समाजसेवी पशुपतिबिक्रम शाह, प्राध्यापक युगलकिशोर श्रीवास्तवलगायतले बीपीसीलाई बधाई तथा शुभकामना दिएका थिए । न्यू बिजनेश एजले बीपीसीलाई यही असार ८ गते काठमाडौंमा सर्वोत्कृष्ट एमबीएस, एमबीए, बीबीए र बीबीएसमा उत्कृष्ट साथै प्रदेश २ मा सर्वोत्कृष्ट व्यवस्थापन कलेजको उपाधि प्रदान गरेको थियो । कार्यक्रममा देशभरका १ हजार २ सय ७४ व्यवस्थापन कलेजमध्येबाट ३७ ओटा कलेजलाई उपाधि दिइएको थियो ।

Back to top