×

वीरगन्ज १४ असार नेवि संघ पर्साको आव्हानमा संगठनमा आवद्ध विद्यार्थीहरुले शिक्षा विकास तथा समन्वय ईकाईको कार्यालय पर्सामा धर्ना दिएका छन् । एसईईको नतिजा दुई पटक प्रकाशित गरि अभिभावक र विद्यार्थीहरुलाई अनावश्यक दुःख दिएको भन्दै त्यसको विरोधमा धर्ना दिईएको नेवि संघ पर्साले जनाएको छ । परीक्षा दुईपटक प्रकाशन गर्दा अनियमितता भएको आशंका नेवि संघले गरेको छ । उनीहरुले साविकको जिल्ला शिक्षा कार्यालय पर्सामा दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिएका थिए । धर्नामा बसेका नेवि संघ आवद्ध विद्यार्थीहरुले शिक्षा माफिया मुर्दावाद, छात्रवृत्ति लागु गर, शुल्क वृद्धि फिर्ता गर लगायतका नारा लेखेको प्ले कार्ड बोकेका थिए ।

Back to top