×

वीरगन्ज १२ असार जेष्ठ आषाढ़मा आफु अनुकूल बजेट चलाउन नपाएको कारण बिरगंज नगर परिषदको बिरुधमा महानगरका जनप्रतिनिधिहरुलागि पारेका छन । नगर परिषदमा बजेट तर्जुमा ,योजना छनौट भए गरेको कामको सम्पादन छलफल गर्नु पर्ने हो र पारित गर्नु पर्ने हो । तर बिरगंज माहानगरपालिकाका केहि वार्डका जनप्रतिनिधिहरू जनताको बिकास निर्माणमा भन्दा आआफ्नो बर्चस्व देखाउनको लागि साथै पार्टीको नेताको आदेश पालन गर्दै परिषदको बिरुद्धमा उतरेका छन । बिरगंज माहानगरपालिकामा उपभोक्ता समिति गठन गरदै बिगतमा कमाई खाने भाँडो बनाएकाहरुले जनप्रतिनिधि मार्फत महानगर लाई पछाडि धकेलने काम गरेको छ ।

आषाढ़को चत्तारो लागेका कतिपय वार्ड अध्यक्षहरू साथै चुनावी खर्च उठाउन नसकदा बिरोधमा लागेका छन भनेर एक वार्ड अध्यक्षले आरोप लगाएका छन । यदि बस्तवमा मेयरले काम गरेको छैन चाहे अन्य आरोप छ भन्ने बिगत ८ महीना देखी किन चुप लागेका थिए । सबै लाई लागिरहेको थियो जेष्ठ आषाढ़ समम् केहि न केहि आआफ्नो अनुकूल हुने ग़री काम पाइहालछ । तर नियम कानून बमोजिम हिन्दा मेयरको बिरुद्ध लागि परेका छन । गुटगत राजनीति र जनता प्रति जिम्मेवार नरहेको कारण बिकास निर्माणको बाधक स्वयंम जन प्रतिनिधि नै बनेका छन।

अझै बिभीन्न पत्रपत्रिका मार्फत आरोप लगाएर मेयर सरावगी लाई काम गर्न बाधा पुरयौने राजनीतिक खेल गरिरहेको छ । एक कार्यक्रमा मेयर सरावगीले भने बुदागत रुपमा एक भ्र्ष्टाचारको आरोप साबित ग्रोस राजनीतिक सन्यास लीनछु। तर नियम कानून मीचेर आर्थिक चलखेल हुन दिनन । बिकास निर्माण कार्यको लागि आफु त्तपर भएर जनताको लागि काम गर्नेछु । तर हल्ला अफवाह गरेर केहि हुने वाला छैन । बिरगंजमा पहिला देखी नै पार्टीगत मुखपत्रको रुपमा रहेको दु तीन वाटा पत्रिकाले निराधार र झूठा खबर लेखेर बदनाम गर्ने काम गरिरहेको छ । त्यसलाई मानहानिको मुदामा गए भन्ने पनि आर्थिक र समयको नोक्सानी मात्र हुन्छ । त्यसैले यस्ता निराधार खबरको पछाडि नलाग्न जनता सँग आग्रह समेत गरेका छन । सीधे जनताको गुनासो केहि कुरा भए आफुलाई भेटन जनतालाई मेयर सरावगीले आग्रह गरेका छन । जनप्रतिनिधि सँग काम गर्न त्तपर छू तर अनियमितता हुन दिनन भनेर सरावगीले भनेका छन।

Back to top