×

वीरगंज १२ असार वीरगंजको एक समारोहमा सहभागी हुन आउँदै गरेका भारत पटनाका रियल स्टेट व्यवसायी अरविन्द चौधरीको बाटोमै हत्या भएको छ । मोतिहारी जिल्लाका एसपी श्री सिंहले चौधरीको लाश रक्सौलबाट करिब १० किलोमिटर दक्षिणमा रहेको रामगढवा थानाको त्रिवेणी गाउँबाट साँझ ४ बजे फेला परेको दैनिक जागरन पत्रिका रक्सौलका संचारकर्मी विजय गीरीले बताए । उनका अनुसार वीरगन्ज वा रक्सौलमा कुनै आफन्तका विहेमा सहभागीहुन आईरहेका थिए ।

व्यवसायी चौधरी पटनाको मिठापुरमा रियल स्टेटको व्यवसाय गर्दै आएका थिए । उनी रक्सौल कोइरिया टोलका व्यवसायी जटाशंकर गुप्ता र वीरेन्द्र गुप्ताका भिनाजु पर्छन् । उनको घर सीतामढिमा रहेको बिहार पुलिसले जनाएको छ ।

मोतिहारी–सुगौली सडकखण्डबीच रहेको बाइपास नजिक हत्या गरी लाश गाडीमा राखेर त्रिवेणी गाउँ हुँदै भाग्दैगर्दा बिआर ०१ पिजे १०६४ नम्बरको रातो रंगको महिन्द्रा टियुभी कार हिलोमा फसेको थियो । खाल्डोबाट उक्त गाडी ननिस्केपछि ३–४ जनाको समुह गाडी छोडेर भागेको प्रहरीमा खबर पुगेको थियो । प्रहरीको अनुसन्धानले व्यवसायी चौधरीको गाडीमै हत्या भएको पुष्टि भएको रक्सौलका पुलिस इन्सपेक्टर अजय कुमारले बताए ।

Back to top