×

वीरगन्ज, ९ असार वीरगन्जको अलौमा निर्माण भएको एकिकृत चेकजाँच चौकी (आइसिपि)को मुख्य भवन नैं चुहिन थालेपछि भन्सार कर्मचारीलाई काम गर्न समस्या भएको छ । हस्तान्त्रण भएको तीन महिना नपुग्दै भवनको छत चर्किएर सामान्य वर्षामा नै चुहिन थालेपछि काम गर्न कर्मचारीलाई समस्या भएको हो । भवन निर्माणको जिम्मा लिएको भारतीय कम्पनी के.एस. स्फटनेट सलुशन प्रा.ली.ले गुणस्तरिय निर्माण नगरेको कारण आइसीपिको मुख्य भवन र गोदामहरु सामान्य वर्षामंै चुहिन थालेको भन्सारका कर्मचारीहरुले गुनासो गरेका छन् । चार/पाँच दिन अगाडी आएको सामान्य वर्षाका बेला मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न कठिनाई भएको भन्सारका कर्मचारीहरुको भनाई रहेको छ ।मुख्य भवन र गोदाममा पानी चुहिन थालेपछि काम गर्न र मालसमान भण्डार गर्न समस्या भएको आइसीपि व्यवस्थापनको जिम्मा पाएको इन्टरमोडेल आइसीपि कार्यालयका प्रमुख हेमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो । उहाँले हाल देखिएको समस्यालाई समाधान गर्न के.एस. स्फटनेट सलुशन प्रा.ली.का कर्मचारीहरुलाई भनिएपनि हालसम्म समस्या यथावत नैं रहेको बताउनु भयो । यसै विषयमा के.एस.स्फटनेट सलुशन प्रालीका परियोजना प्रबन्धक सुभाषचन्द्र दाससंग बुझ्दा उहाँले भवनको छत र गोदाममा देखिएका समस्यालाई चाँडै समाधान गर्ने बताउनु भयो । उहाँले निर्माणकार्य गुणस्तरीय भएपनि परियोजनाको डिजाइनको कमजोरीका कारण पानी चुहिने समस्या देखिएको दावी गर्नुभयो ।

आइसिपीको मुख्य भवन लगायत गोदाम निर्माणमा भएको लापरवाही वारे आइसिपी निर्माण कार्यको देखरेखको जिम्मा पाएका शहरी विकास तथा भवन डिभिजन कार्यालय पर्साका प्रमुख सुरेश वाग्लेसंग बुझ्दा उहाँले निर्माण कार्य अनुगमनको सम्पूर्ण जिम्मा भारतीय पक्षलाई नै भएको र नेपाली कार्यालयलाई भुमिका विहिन बनाएको कारण समस्या देखा परेको बताउनुभयो । आइसिपीको भवन निर्माण गर्दा गुणस्तरीयतालाई गम्भिरतापूर्वक नलिएको कारण तीन महिना नबित्दै चुहिने समस्या देखा परेको उहाँको भनाइ रहेको छ । निर्माण कार्यको अनुगमन तथा गुणस्तरको परिक्षण समेत भारतीय पक्षले ने गरेकाले हाल देखिएको समस्याको मुख्य दोषी भारतीय पक्ष नै भएको कार्यालय प्रमुख वाग्लेको ठम्याई रहेको छ । १ अर्ब ३९ करोडको लगानी भएको आइसिपि निर्धारित समय भन्दा पाँच वर्ष ढिलो निर्माण सम्पन्न भएको थियो । गएको चैत्र ११ गते नेपाल सरकारलाई भारतीय पक्षले विधिवत रुपमा आइसिपीलाई हस्तान्त्रण गरेको थिए । आइसिपि हस्तान्त्रण गर्दा निर्माण गरिएको भवन, गोदाम लगायतका पूर्वाधार मापदण्द अनुसार भए नभएको बारे कुनै अनुगमन नगरिएको आइसिपि कै कर्मचारीहरुको भनाइ रहेको छ । आइसिपिको निर्माणमा देखिएका त्रुटीलाई बेलैमा नसच्चयाए आउने वर्षायाममा ठुलो समस्या व्यवहोरिन तयार बस्तु पर्ने व्यापारीहरुको भनाई रहेको छ । गोदाममा राखिने मालबस्तु पानीको कारण विग्रीए सोको सम्पुर्ण जिम्मेवारी आइसिपि संचालन गर्ने निकायले लिनु पर्ने व्यापारीहरुको भनाई रहेको छ ।

Back to top