निर्वाचन र सरकार गठनपछी जनताले अब राहत पाउनुपर्छ -मुख्यमन्त्रि राउत

533

Share
  •  
  •  
  •  

वीरगन्ज ८ असार प्रदेश नम्बर २ का मुख्यमन्त्रि लालबाबु राउत गद्दीले तिन तहको निर्वाचन र सरकार गठनपछी जनताले राहत पाउनुपर्ने बताएका छन् । तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा वीरगंजको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै मुख्य मन्त्रि गद्दीले उनले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउन यस्ता कार्यक्रमहरुले थप बल मिल्ने बताएका थिए । ‘हामी नविर्सौ’ शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमन्त्रि लालबाबु राउत गद्दीले हामी जनताका हरेक दुःखमा अगाडी बढ्नुपर्ने यस कार्यक्रमले कर्तव्य बोध गराएको छ, जनताका सेवक भएर हामी जनताको सुख दुःखमा हरपल अगाडी बढ्ने र ति प्राकृतिक प्रकोप, दुखदायी पिडा लगायतका समस्यामा सरकार मलहम लगाउने काम गर्ने धारणा राखेका थिए ।
फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाका बन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जार,नेविसंघका अध्यक्ष दिलिप राज कार्की, नेपाल रेडक्रस सोसाईटि पर्साका सभापति फुलमहम्मद मिया, उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष राम सरार्फ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here